15 Dec 2018   |   
logo
शिक्षा/स्वास्थ्य

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा



शिक्षा/स्वास्थ्य   सागर घोरसाइने   २०७४ भाद्र १० शनिवार  
भाद्र १० शनिवार, बारा बाढी र डुवान पिडित बिरामीको चाप बढदै गएको बेला जिल्ला अस्पताल कलैयमा औषधि र स्वास्थ्यकर्मीको सेवा अभावमा सर्वसाधारण मार्कामा परेका छन ।

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा


अघिल्लो साताको अविरल बर्षापछि आएको बाढी र डुवानले बारा जिल्लामा भाईरल ज्वरोका बिरामीको संख्या बढेको छ । ज्वरोले थलिएका साना बालबालिकादेखी बृद्धबृद्धासम्म उपचार गराउन अस्पताल पुग्न थालेका छन तर औषधि र चिकित्सक अभावमा बिरामीले उपचार बीना नै फर्किनु परेको छ । भाईरल ज्वरोको उपचारमा समयमै हुन सक्यो भने यसबाट बच्न सकिन्छ तर कलैया अस्पतालमा भने औषधि र स्वास्थ्यकर्मीको अभाबको कारणले बिरामीले प्रभावकारी सेवा पाउन सकेको छैन ।  ‘अस्पतालमा बाढी प्रभावित क्षेत्रका बिरामी आउने क्रम बढेका छन, तर विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई नारायणी अञ्चल अस्पताल वीरगन्ज रिफर गर्नु पर्ने अवस्था छ ।’ कलैया अस्पताल बिकस समितिको अध्यक्ष सचिन्द्र कुमार ठाकुरले बताए । चिकित्सक अभावमा दैनिक दर्जनौै बिरामी अस्पतालबाट रिफर गरेर पठाउनु परेको उनले जानकारी दिए । उनले औषधि अभावमा फार्मेसी पनि प्रभावकारी रुपमा संचालनमा ल्याउन नसकिएको गुनासो गरे । अस्पतालको पूर्णकालीन सेवामा डा. एनामूल हक, डा. मुक्तिनारायण शाह, डा. मुस्तकिम साह र डा. रमेश शर्मा कार्यरत छन् तर, इमर्जेन्सी सेवामा समेत उनीहरू नभेटिने गरेको बिरामीले गुनासो गरेका छन । सरकारले डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले बिहान ८ देखि ५ बजेसम्म अनिवार्य बस्नैपर्ने निर्देशिका पारित गरेर लागू गरेको भएपनि कलैया अस्पतालमा यो नियम लागु भएको पाइदैन । अस्पतालमा कार्यरत चिकित्सकले कलैया बजारमा रहेका क्लिनिकमा बसेर काम गर्ने गरेको स्थानीयको गुनासो छ । ५० शैयाको अस्पतालमा १४ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ भएपनि हाल ६ जना डाक्टर मात्र कार्यरत रहेकोले सेवा प्रभावित बनेको कार्यलय प्रमुख डा. एनामुल हकले बताउछन ।  ‘आवश्यक स्वास्थ्यकर्मी नियुक्त गर्न सकिएको छैन, विशेषज्ञ चिकित्सक नहुंदा उपचारको  लागि बिरामी महंगा क्लिनिकमा जान बाध्य छन्,’ उनले भने,  रिक्त दरबन्दीमा पदपूर्ति गर्न स्वास्थ्य मन्त्रालयसंग पटक पटक आग्रह गरेपनि आदेश पाइएको छैन ।’ 

स्वास्थ्य निर्देशिका अनुसार अस्पतालको फार्मेसी चौबीसै घण्टा खुल्ला राख्नुपर्ने भनिए पनि २ नबज्दै बन्द हुने बाढी र डुवानपछि भाइरल ज्वरोले थलिएका आफना दुई छोराको उपचार गराउन अस्पताल पुगेका कलैया उपमहानगरपालिका २ का राजेश यादवले बताए । ‘ज्वरोको औषधि समेत छैन, डक्टरले बाहिरबाट किनेर ल्याउनु भन्छन,’ उनले भने, हुदो हो त मंहगा अस्पतालमा पुगेर उपचार गराइहालिन्थ्यो नि पैसा छैन कहाँबाट किनेर ल्याउने ।’ अस्पताल फर्मेसी सेवाका कर्मचारी विनोद रौनियारले फार्मेसीमा हाल पर्याप्त औषधि र जनशक्ति अभाव रहेको  बताए । थप कर्मचारी र औषधि अभावमा दुई बजेपछि फर्मेसी बन्द गर्नु पर्ने अवस्था आएको उनले सुनाए । २४ सै घण्टा संचालनमा आउनु पर्ने फार्मेसीमा काम गर्ने हाल २ कर्मचारी मात्र छन ।  अस्पतालमा अर्थोपेडिक्स, डरमेटोलोजी, प्याथलोजिस्टलगायत आठजना विशेषज्ञ चिकित्सकको दरबन्दी लामो समयदेखि खाली रहेको अस्पतालका डा. शक्ति यादबले बताए । उनका अनुसार अस्पतालमा पेडियाट्रिसियन, सर्जन, डेन्टल सर्जन, ईएनटी सर्जनको दरबन्दीपनि खाली छ । उनले भने–पुरानै संरचनाबाट सेवा संचालन गर्नु पर्ने बाध्यता छ, नयां दरबन्दी एउटा पनि कायम भएको छैन, बिरामीको चाप बढे अनुसार चिकित्सकको दरबन्दी पनि बढाउनु पर्छ ।’ उनले बाढी र डुवान प्रभावित क्षेत्रका अस्पतालमा औषधि र स्वास्थ्यकर्मीको अभाव  हुन नदिन सरकारले विशेष पहल गर्नु पर्ने सुनाए ।







सम्बन्धित शिर्षक समाचारहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727536 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top