21 Oct 2018   |   
logo
मनोरञ्जन

सामाजिक कार्यको निम्ति पदमपोखरीमा बृहत साँस्कृतिक कार्यक्रम ।



मनोरञ्जन    331 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ चैत्र १७ शनिवार  
चैत्र १७ शनिवार, हेटौंडा । नयाँ वर्षको अवसर पारेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सामाजिक कार्यको निम्ति पदमपोखरीमा बृहत साँस्कृतिक कार्यक्रम ।


चैत २८ गते पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

कार्यक्रममा चर्चित डान्स ग्रुप कार्टुन क्रियुले धमाकेदार प्रस्तुति दिने भएका छन् । साथै चर्चित गायक सबिन राईसँगै अबिनाश घिसीङ, डिजे जे.के.ले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् । कार्यक्रममा गायक अनराज तामाङ, धिरेन लामा, द रेड डेभिल्स्, द अन्डर साईड पदमपोखरी ब्यान्डको प्रस्तुती रहने कार्यक्रमका संयोजक धिरेन लामाले जानकारी दिएका छन् ।

करिब ६ देखि ७ लाखसम्मको खर्च हुने अनुमान गरिएको कार्यक्रममा उठेका सम्पूर्ण रकम खर्च कटाएर करिब ९० प्रतिशत सामाजिक कार्यमा लगाईने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा उठेको रकम महेन्द्र मावि पदमपोखरी र अन्य विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति दिन प्रयोग गरिने भएको छ । साथै अन्य विभिन्न सामजिक कार्यमा समेत रकम खर्च गरिने बताइएको छ ।


कार्यक्रमका बारेमा जानकारी दिंदै ।

कार्यक्रमममा तामाङ पत्रकार संघ मकवानपुरका नयाँ कार्य समितिका सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई समेत सम्मान गरिने आयोजक मध्येका एक सुरज थिङले बताए । हेटौँडा बजारसहित, पदपोखरी, हात्तिगौँडा, भोर्ले, मनहरी गाउँपालिकाका विभिन्न वडा सहित रातोमाटे, हटिया कमाने र जिल्ला बाहिरका दर्शकहरु समेत सहभागी हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि उचित सुरक्षाको समेत प्रबन्ध गरिएको संयोजक लामाले जानकारी दिएका छन् ।

चैत २८ गते दिउँसो १२ बजे देखि बेलुका ८ बजेसम्म पदमपोखरी पार्टी प्यालेसमा हुने कार्यक्रमलाई प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व गृह राज्यमन्त्री ईन्द्र बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।





सम्बन्धित तस्बिरहरु
कार्यक्रमका बारेमा जानकारी दिंदै ।


सम्बन्धित शिर्षक समाचारहरु
5539367 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top