18 Feb 2019   |   
logo
समाज

किशोरीमाथि सामूहिक बलात्कार



समाज   ईहेटौंडा अनलाइन   २०७५ असोज १३ शनिवार  
डडेल्धुरा, १३ असोज डडेल्धुरामा जिल्लाको परसुराम नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

किशोरीमाथि सामूहिक बलात्कार


जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेका खुल्न आएको छ । अनन्ते मेला हेरर घर आउने क्रममा असोज ९ गते राति युवती बलात्कृत भएकी हुन् ।परशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको प्रहरीको भनाई छ ।

पक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । फरार जोशीको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104537 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top