18 Feb 2019   |   
logo
समाज

दोषी उम्काउन बालिका बलात्कारको गलत रिपोर्ट दिने दुई चिकित्सकलाई कारबाहीको सिफारिस



समाज   ईहेटौंडा अनलाइन   २०७५ असोज ०९ मंगलवार  
धनुषा, ९,असोज; बलात्कारीलाई उन्मुक्ति दिन गलत रिपोर्ट तयार गर्ने जनकपुर अञ्चल अस्पतालका दुईजना चिकित्सकलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

दोषी उम्काउन बालिका बलात्कारको गलत रिपोर्ट दिने दुई चिकित्सकलाई कारबाहीको सिफारिस


 बलात्कृत १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षणको गलत रिपोर्ट तयार गर्ने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा.रम्भा गोइत र डा.भीके सिंहलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।बलात्कारको घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौ ९ गते जनकपुर अञ्चल अस्पताल पुर्याएको थियो ।  अञ्चल अस्पतालले ११ दिनपछि दिएको त्यो रिपोर्टमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकद्वय डा. रम्भा गोइत र डा. भीके सिंहले बालिकालाई स्वास्थ्य परीक्षणमा ‘भेजाइना नर्मल’ (यौनाङ्गमा क्षति नपुगेको) र ‘ह्युमेन नर्मल’ उल्लेख गरेको रिपोर्ट दिएको थियो । 

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारका अनुसार अञ्चल अस्पतालको त्यो रिपोर्टमाथि चित्त नबुझेपछि गएको भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराउंदा सिरहा जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ‘बाइट मार्क’(गाला र ओठ टोकिएको), ‘भेजाइना कन्जेसन’(योनीमा चोट) र ‘हाइमेन रप्चर्ड’(योनिको झिल्ली च्यातिएको) देखाएको रिपोर्ट दिएका छन् ।

बलात्कारको घटनापश्चात भारत भागेका आरोपित खत्वे पैसा लिन घर फर्केको बेला प्रहरीले भदौ ९ गते नै उनलाई पक्राउ गरेको थियो ।अभियुक्त खत्वेले प्रहरीसँगको बयानमा आफ्नो अपराध समेत स्वीकार गरिसकेको प्रहरी निरीक्षक थानदारले बताए । बालिका बलात्कार भएको पुष्टि गरेको अस्पताल सिरहा र बलात्कार नभएको पुष्टि गरेको अञ्चल अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट र अभियुक्तले स्वीकारेको बयानको भिडियोसहित सरकारी वकिल कार्यालयमार्फत इलाका प्रहरी खजुरीले जिल्ला अदालत धनुषामा गएको असोज ४ गते मुद्दा समेत दायर गरेको छ ।  

 (उज्यालो अनलाइनबाट)








सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104538 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top