18 Feb 2019   |   
logo
समाज

बागमती गाउँपालिकामा १८ जना जेष्ठ नागरिक सम्मानित



समाज   ईहेटौंडा अनलाइन   २०७५ आषाढ ०२ शनिवार   
हेटौंडा, ०२ आषाढ : मकवानपुरको बागमती गाउँपालिकाले गाउँपालिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि ९ वडाका १८ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरेको हो ।

बागमती गाउँपालिकामा १८ जना जेष्ठ नागरिक सम्मानित


सम्मानित हुनेहरुमा वडा नम्बर १ का ९८ वर्षिय काईली माया मोक्तान, ९९ बर्षिय साईला झोलङ राई, वडा नम्बर २ का ९८ बर्षिय नर बहादुर क्षेष्ठ, ८२ बर्षिय माइती माया माझि, वडा नम्बर ३ का कर्मध्वज लामा, माईली माया थिङ, वडा नम्बर ४ की ७९ बर्षिय दामो माया वाइवा, ८५ बर्षिय लाल बहादुर स्याङवोलाई नगद ४ हजार सहित दोसल्ला ओडाएर सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने रात्रिको लागि टर्च, छाता समेत प्रदान गरिएको हो ।

त्यस्तै वडा नम्बर ५ की ८५ बर्षिय गुईची माया घलान, ८२ बर्षिय लोक बहादुर ग्यालन, वडा नम्बर ६ का ८५ बर्षिय रण बहादुर ब्राम्हु, ७५ बर्षिय कालि राई, वडा नम्बर ७ का ८६ वर्षिय अवनाथ घोरासाईली, विक्षु माया राई, वडा नम्बर ८ का ७२ वर्षिय मान बहादुर सिन्तान, ८० वर्षिय कान्छि माया थोकर र ९ नम्बरका शन्त बहादुर रखाल, भद्र कुमारी ठाडामगरलाई नगद ४ हजार सहित दोसल्ला ओडाएर सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने रात्रिको लागि टर्च, छाता समेत प्रदान गरिएको जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमका संयोजक उर्मिला नेपालीले जानकारी दिईन् ।

गाउँपालिकाको प्रमुख सर्केक घलानको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति समेत रहेका ३ नम्बर प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले आफ्नो बाबु आमालाई वृद्ध आश्रममा नभई न्यानो काखमा राख्नको लागि आग्रह गरेका छन् । बागमती गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागरिक सम्मानलाई सम्बोधन गर्दै पुलामीले ३ नम्बर प्रदेशमा आगामी आर्थिक वर्ष देखि हाल दिदै आईरहेको रकम केहि थप गरि दिने तयारी भईरहेको बताए । सो रकमले जिवन धान्न नपुग्ने भन्दै कसैले देला कि भनेर आश गर्नु भन्दा पनि जन्म दिने आफ्नो बाआमालाई सँधै सम्मान तथा माया गर्न आग्रह गरे ।  







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104632 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top