24 Mar 2019   |   
logo
समाज

बालगृहमै बालापन बिताउँदै लब–कुश... भन्छन्, “कृषि प्राविधिक बन्ने रहर छ”



समाज   शुभलक्ष्मी विश्वकर्मा   २०७५ जेष्ठ २५ शुक्रवार  
हेटौंडा,२५ जेठः लब रावल र कुश रावल जुम्ल्याहा हुन् । घर बझाङ बताउने उनीहरु अहिले भीमफेदी गाउँपालिका–६, स्थित गाउँपालिका कार्यालय अगाडी रहेको बालगृहमा बस्छन् ।

बालगृहमै बालापन बिताउँदै लब–कुश... भन्छन्, “कृषि प्राविधिक बन्ने रहर छ”


“४–५ वर्षको उमेरमा यहाँ आएको हुनुपर्छ, राम्रोसँग याद छैन ।”, उनीहरु भन्छन् । उनीहरुका आमाबुबा छैनन् । आमाबुबाको अनुहार पनि याद छैन उनीहरुलाई । सानैमा आमाबुबाले छोडेर गएपछि उनीहरु दुबैलाई कसैले अनाथालयमा ल्याइदिएका थिए । सुरुमा काठमाडौंतिर रहेको अनाथालयमा र पछि मकवानपुरको भीमफेदीमा रहेको बाल मन्दिर बालगृहमा । 

हाल दुबैजना भीमफेदीकै महेन्द्र उच्च माविमा कक्षा कक्षा १० मा पढ्छन् । कक्षा १० सम्मको आवास र पठनपाठनको जिम्मा बालगृहले नै लिएको छ । त्यसपछि के गर्ने भन्ने जिज्ञासामा कुश भन्छन्, “एसइइ गरेपछि प्राविधिक शिक्षा पढ्ने सोच छ ।” कृषिप्रधान देशको कृषि प्राविधिक बन्ने रहर उनले सुनाए । 

उनीहरु सानै छँदा उनीहरुका आमाबुबा दुबैको मृत्यु भयो । परिवारमा बस्न त पाएनन् । तैपनि आफूहरुले बाल्यकाल बिताएको बालगृहको वातावरण रमाईलो र सिकाईमूलक रहेको यि दाजुभाईले सुनाए । नर्सरीदेखि नै यसै विद्यालयमा पढेका उनीहरु भविष्यमा सीपमूलक काम गर्ने, उत्पादनमा लाग्ने र आफू सक्षम भएपछि अरुको सेवामा जुट्ने योजना सुनाए ।

उनीहरुसँगै कक्षा १० मा अध्ययन गर्ने ४ जना यस बालगृहमा छन् । बालगृहले नर्सरीदेखि कक्षा १० सम्म पठनपाठनको जिम्मा लिएको छ । 

“साना भाईबहिनीहरु भीमआधार बोर्डिङमा जान्छन्, अलि ठूला महेन्द्र स्कूलमा”, भीमफेदी बालगृहका केन्द्र प्रमुख सुरेन्द्र सापकोटाले भने । बालगृहमा हाल ३६ जना बालबालिका छन् । जसमध्ये ४ जना बालिका हुन् । बालगृहमा मकवानपुरसहित दोलखा, हुम्ला, जुम्ला, बझाङ लगायत देशका विभिन्न जिल्लाका बालबालिका छन् । केही बालबालिकाको भने ठेगाना नै पत्ता नलागेको केन्द्र प्रमुखले जानकारी दिए । 

२०५७ सालमा स्थापना भएको बालगृहको व्यवस्थापन जिम्मेवारी सुरुवातमा नेपाल सरकारले नै लिएको थियो । पछि नेपाल सरकारबाट अनुदान बन्द भयो । त्यसपछि विगत १३ वर्षदेखि स्पेन, बार्सिलोनाको एक संस्थाले बाल मन्दिर व्यवस्थापनको जिम्मा लिँदै आएको छ । 

एमिक्सडेल नेपाल नामक सो संस्थाले यहाँ आउने अनाथ बालबालिकाको संरक्षण, रेखदेख र शिक्षामा सहयोग गर्दै आएको हो । स्कूलबाट आएपछि उनीहरुको गृहकार्यमा सहयोग गर्न बालगृहमा २ जना शिक्षक छन् । अन्य कामको लागि ४ जना सहयोगी छन् । स्पेनबाट आएका ३ जना भोलेन्टियरले खेलकूद र पठनपाठन लगायतमा उनीहरुलाई सहयोग गर्छन् ।







सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2117     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1890     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252600 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top