24 Mar 2019   |   
logo
समाज

साहित्यमा समाज र समृद्धि खोज्न स्रष्टालाइ आह्वान



समाज   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ १९ शनिवार  
जेष्ठ १९ शनिवार, काठमाडौँ । ‘अबका स्रष्टाहरुले सरकारको समृद्धि अभियानमा सहयोग पुग्नेगरी आलोचनात्मक समर्थन र विरोधका आधारमा समृद्धि गन्तव्यका लागि दिशानिर्देश गर्नु आवश्यक छ।’

साहित्यमा समाज र समृद्धि खोज्न स्रष्टालाइ आह्वान


शिक्षा, स्वास्थ्य, संस्कार, अनुशासन, पारिवारिक र राष्ट्रिय दायित्यबोध, माटोको ममता, जन्मभूमिप्रतिको कर्तव्यबोध, श्रमप्रति सम्मान आदि विषयमा चेतना सम्प्रेषण गर्न मदन भण्डारी कला साहित्य प्रतिष्ठानले कलाकार, साहित्यकार एवं संस्कृतिकर्मीलाई आह्वान गरेको छ।

प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ विषयमा अवधारणापत्र तयारी गरी एउटा सचेत स्रष्टा जीवनको यथार्थप्रति आँखा चिम्लिएर स्वप्निल संसारमा रमाउन सक्दैन भन्दै स्रष्टाले समतामूलक समाज निर्माण, मानवताको रक्षा र देशको विकास र समृद्धिका लागि आफ्नो चेतनालाई प्रयोग गर्नुपर्नेमा जोड दिएको छ।

अवधारणापत्र प्रतिष्ठानका उपाध्यक्ष प्रा. डा. कृष्णप्रसाद घिमिरे, महासचिव डा देवी नेपाल र सचिव डा. विन्दु शर्माले तयार गरेका हुन्।

‘स्रष्टाहरु हरेक कुरामा प्रतिपक्षी नै भइरहँदैनन्। सरकारले गरेका केही राम्रा कामको मुक्त खण्डले प्रशंसा गरेर सत्कार्य गर्न सरकारलाई उत्प्रेरित गर्नु र गलत कामको खबरदारी गर्नु स्रष्टाको काम हो,’ अवधारणापत्रमा भनिएको छ, ‘अबका स्रष्टाहरुले सरकारको समृद्धि अभियानमा सहयोग पुग्नेगरी आलोचनात्मक समर्थन र विरोधका आधारमा समृद्धि गन्तव्यका लागि दिशानिर्देश गर्नु आवश्यक छ।’

आजका स्रष्टाहरूको दायित्व भौगोलिक वा प्राकृतिक, सांस्कृतिक र मानवीय सम्पदाको महत्वबोध गराउनु र त्यसका लागि आफ्ना कला र सिर्जनाका माध्यमबाट सामाजिक चेतना र जागरणको काम गर्नुपर्नेमा जोड दिइएको छ।

स्रष्टाको काम सरकारलाई सचेतनापूर्वक खबरदारी गर्दै र राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्न दबाब दिँदै विकास र समृद्धिका लागि उपयुक्त दिशानिर्देश गर्नु रहेको अवधारणपत्रमा उल्लेख गरिएको छ।

कला, साहित्य वा संस्कृतिकर्मीको अबको काम जनमुखी एवं लोककल्याणकारी सामग्रीको उत्पादन, निर्माण र विकास केन्द्रित हुनुपर्छ भन्दै अवधारणापत्रमा स्रष्टाहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई आफ्ना कृति विमोचन, कविता वाचन, सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी, पुस्तकालय उद्घाटन आदिमा बोलाएर दिनभर नभुलाई काम गर्नका लागि निरन्तर दबाब दिन पनि सुझाव दिइएको छ।

देशलाई समृद्ध बनाउन बालबालिकालाई शिक्षा, स्वास्थ्य र अधिकारप्रति सचेत गराउने खालका बालसाहित्य, सबै नेपालीमा आफ्नो माटो र मुटु एउटै हो भन्ने भाव जागृत गराउने कविता, युवालाई विदेशमा होइन, स्वदेशमा पसिना बगाउने प्रेरणा दिने खालका गीत सिर्जनामा लाग्न पनि प्रतिष्ठानले स्रष्टालाई आह्वान गरेको छ।

यसैगरी अशक्त, असहाय र ज्येष्ठ नागरिकप्रति सम्मानभाव जगाउने गजल र मुक्तक, अन्धविश्वास, बोक्सी–दाइजो र छाउपडीका नाममा हुने गरेका नारी शोषण र विभेद अन्त्य गरी वैज्ञानिक र मानवतावादी समाज निर्माणमा सहयोग पुग्ने खालका खण्डकाव्य र महाकाव्य लेखनमा लाग्न प्रतिष्ठानले स्रष्टासमक्ष अनुरोध गरेको छ।रासस







सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2118     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1891     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252890 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top