21 Jan 2019   |   
logo
शिक्षा/स्वास्थ्य

पोखरा महानगरका सबै शैक्षिक संस्था प्याडयुक्त बनाइने



शिक्षा/स्वास्थ्य   ईहेटौंडा अनलाइन   २०७५ मंसिर १८ मंगलवार  
चिप्लेढुङ्गाः पोखरा महानगरपालिकाले किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएको छ ।

पोखरा महानगरका सबै शैक्षिक संस्था प्याडयुक्त बनाइने


लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवं वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताउनुभएको हो । 

वडाको शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा वडा नं ५ का सम्पूर्ण शैक्षिक संस्थालाई पहिलो सेनिटरी प्याडयुक्त घोषणा गरिएको छ । 

प्रवक्ता नेपालीले रजस्वला, किशोरीको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले महानगरले अब सबै वडामा सेनिटरी प्याडयुक्त शैक्षिक संस्था बनाउन पहल गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो देख्दा सानो होला यद्यपि यसले किशोरीको स्वास्थ्य र मनोविज्ञानमा ठूलो असर पारेको छ, किशोरीको पढाइमा समेत असर पुर्याउने संवेदनशील विषय भएकाले सेनिटरी प्याड व्यवस्थापनमा महानगरले ध्यान दिनेछ ।” उहाँले वडाले ३० हजार रकम विनियोजित गरी वडा नं ५ का सम्पूर्ण शैक्षिक संस्थाका स्नानगृह र शौचालयमा सेनिटरी प्याड बक्स राखिने बताउनुभयो । 

कार्यक्रममा सहभागी जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीले अबदेखि वडा नं ५ का सम्पूर्ण विद्यालय सेनिटरी प्याडयुक्त घोषणा भएकोले त्यसलाई व्यवहारमा उतार्न प्रतिबद्ध भएको जनाउनुभयो । 

(रासस)







सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1550     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1509     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1405     हेटौंडा अनलाईन संवाददाता
5995084 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top