18 Feb 2019   |   
logo
शिक्षा/स्वास्थ्य

विद्यार्थी कुटपिट गरी घाईते बनाउने शिक्षकविरूद्ध उजुरी



शिक्षा/स्वास्थ्य   ईहेटौंडा अनलाइन   २०७५ असोज २२ सोमबार  
बाराः कलैया उपमहानगरपालिका–१, स्थित डिभाइन इङ्गलिस बोर्डिङ स्कुलको कक्षा–६ मा अध्ययनरत प्रसौनी गाउँपालिका–५ प्रस्टोका १३ वर्षीय बालक आदित्य गुप्तालाई कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित पक्षले सोही स्कुलका शिक्षकबिरुद्ध उजुरी दिएका छन् ।

विद्यार्थी कुटपिट गरी घाईते बनाउने शिक्षकविरूद्ध उजुरी


उनीहरुले शिक्षक नुरु अन्सारी र विकास यादवविरूद्ध असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

‘बिरामी छु भनेर विदा माग्दा शिक्षकद्वयले असोज–१८ गते बिहान छोरालाई कुटपिट गरी घाइते बनाएछन्’ पीडित विद्यार्थीका बावु सञ्जय साहले भने । कुटपिटबाट घाइते भएका बालकको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते बालकको गाला, कान र टाउकोमा चोट लागेको छ ।


छोरालाई कुटपिट गरेको घटना बुझ्न जाँदा आरोपितद्वयले आफूलाई नराम्रो व्यवहार गर्दै “जहाँ जाने हो जाउ” भनेपछि प्रहरीमा उजुरी दिएको पीडित बालकका बुबा साहले बताए । छोरा आदित्य एक हप्तादेखि बिरामी रहेकोले कुटपिट नगरी जानकारी गराउनु पर्नेमा कुटपिट गरी घाइते बनाउनु दुःखद् घटना भएको उनको भनाई छ ।


घटनाको अनुसन्धान गरी दुबै पक्षलाई बोलाएर छलफल गराउने जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह राठौरले बताए ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104606 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top