18 Feb 2019   |   
logo
शिक्षा/स्वास्थ्य

बनविज्ञानका विद्यार्थी आन्दोलनमा, डिनको कार्यालयमा लगाए ताला



शिक्षा/स्वास्थ्य   ईहेटौंडा अनलाइन   २०७५ आषाढ २७ बुधवार  
हेटौंडा,२७ असारः कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको विवाद कायमै रहँदा शैक्षिक निजी सम्बन्धन दिन खोजिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

बनविज्ञानका विद्यार्थी आन्दोलनमा, डिनको कार्यालयमा लगाए ताला


अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रमबारे जानकारी गराएका हुन् । 

अनेरास्ववियुका अध्यक्ष तुल्सीराम ओली र क्रान्तिकारीका अध्यक्ष टंक दाहालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा शैक्षिक निजी सम्बन्धन खारेज नगरे आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने चेतावनी दिइएको छ । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको विवाद छिटो टुङ्ग्याई शैक्षिक वातावरण सिर्जना गर्नुपर्नेमा आर्थिक प्रलोभनमा परेर विद्यार्थीहरुको हक हितलाई कुल्चिएको विद्यार्थी संगठनहरुको आरोप छ ।

विद्यार्थीलाई होस्टलको व्यवस्था गर्नुपर्ने, शिक्षामा वैज्ञानिककरण गर्नुपर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने लगायत माग विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, उपकुलपतिको कार्यालय चितवन,  कृषि तथा वन विज्ञान विश्वविद्यालय, रजिष्टारको कार्यालय चितवन, अनेरास्ववियु र क्रान्तिकारी जिल्ला कमिटी, मकवानपुर बोधार्थ रहेका छन् । 







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104549 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top