+९७७-९८५५०१८११८
logo
शिक्षा/स्वास्थ्य

महायज्ञको आयव्यय विवरण सार्वजनिक, संकलित रकम क्याम्पसको विकासमा खर्च गरिने



शिक्षा/स्वास्थ्य   80 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ २६ शनिवार  
हेटौंडा,२६ जेठः मकवानपुरको हेटौँडा–१३ मा रहेको पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक, भौतिक तथा समग्र अवस्था सुधार गर्न आयोजित महायज्ञको आवव्यय विवरण सार्वजनिक भएको छ ।

महायज्ञको आयव्यय विवरण सार्वजनिक, संकलित रकम क्याम्पसको विकासमा खर्च गरिने


२०७४ चैत २१ गतेदेखि २९ गतेसम्म सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयव्यय विवरण आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

आज शनिबार क्याम्पस प्राङ्गाणमा आयोजना गएिको आयव्यय विवरण सार्वजनिक कार्यक्रममा सप्ताहमा कुल ३७ लाख २२ हजार ५१ रुपैयाँ संकलन भएको जानकारी गराइयो । जसमा ८ लाख ८ हजार ८ सय १० रुपैयाँ खर्च भएको सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीले जानकारी दिए । आम्दानीतर्फ दाताहरुबाट ३६ लाख ९७ हजार तथा चन्दा बाकसबाट २४ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै सहयोग रकम दिने उद्घोष गरेकाहरु मध्येबाट ६२ हजार ६ सय ६६ रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ ।

गोपी बर्तौलाले सप्ताहमा सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कृष्णप्रसाद मैनालीले ५ लाख १० हजार र राजेन्द्र मैनालीले ५ लाख ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै खर्चतर्फ सम्मान पत्र १ लाख ७ हजार ८० रुपैयाँ, छापाखानामा ६७ हजार ४ सय २०, खाद्यान्नमा ५६ हजार ५ सय १६, यातायातमा ४५ हजार २ सय ५६ रुपैया खर्च भएको मुल आयोजक समितिले जनाएको छ । अतिथि सत्कारमा ५ हजार, विविधतर्फ १६ हजार ६ सय १०, प्रचार प्रसारमा ७९ हजार र पाण्डाल पण्डिततर्फ ३ लाख ९३ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । संकलित रकम क्याम्पसको शैक्षिक तथा भौतिक अवस्था सुधारको निम्ति उपयोग गरिने छ ।

सप्ताहमा संकलित रकम आजै आयोजक समितिद्वारा क्याम्पस संचालक समितिलाई हस्तान्तरण समेत गरिएको थियो । सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा वडा नम्बर १३ का वडाअध्यक्ष मनोजकुमार वाईबाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा  क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शंकरबहादुर रोक्का, आर्थिक उपसमितिका संयोजक विष्णुमाया लामा, सदस्य बिरु थोकर, संचारकर्मी ज्योति न्यौपाने, दिपा लामा, सहयोगी दाताहरु तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

सप्ताह ज्ञान महायज्ञमा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरेका थिए, भने प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गरेका थिए ।







सम्बन्धित शिर्षक समाचारहरु
  • आधुनिक निरन्तर १४ औं पटक जिल्ला प्रथम, खुसीयालीमा बजार परिक्रमा

    हेटौडा, ११ असार । सामुदायिक विद्यालय तर्फ लगातार मकवानपुरमा १४ औं पटक श्री आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय प्रथम हुन सफल भएको छ । उक्त खुसीयालीमा आज विद्यार्थी,शिक्षक,कर्मचारी तथा अभिभावकको सहभागितामा हेटौडा बजार परिक्रमा गरिएको थियो ।
    स्थानीय समाचार
    194     २०७५ आषाढ ११ सोमबार
  • बकैयाले दियो भौतिक पूर्वाधारमा जोड

    बकैया,११ असार । मकवानपुरको सबैभन्दा ठूलो गाउपालिकाको रुपमा रहेको बकैया गाउपालिकाले पाचवटा प्रमुख योजनाहरु आफ्नो नीति तथा कार्यक्रममा महत्वको साथ राखिएको छ ।
    स्थानीय समाचार
    22     २०७५ आषाढ ११ सोमबार
  • हेटौंडा उपमहानगरपालिकाको तेस्रो नगरसभा, कुन क्षेत्रमा कति बजेट?

    हेटौंडा,१० असारः हेटौंडा उपमहानगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । सभामा उपमेयर मीनाकुमारी लामाले आगामी आर्थिक वर्षको लागि करिब १ अर्ब ६३ करोड ४ लाख ५७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव पेश गर्नुभएको छ ।
    स्थानीय समाचार
    247     २०७५ आषाढ १० आइतवार
  • आफूमाथि श्रमशोषण भएको शिक्षिकाको दावी

    बारा,१० असार । आफू कार्यरत बिद्यालयका प्रध्यानाध्यापक र ब्याबस्थापन समितिले शिक्षिकाहरुको श्रमशोषण गरेको शिक्षिकाहरुले बताएका छन् ।
    स्थानीय समाचार
    161     २०७५ आषाढ १० आइतवार
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2047     यादव चौलागाईं
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1512     -कृष्णप्रसाद भट्ट
  • बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

    भाद्र १० शनिवार, बारा बाढी र डुवान पिडित बिरामीको चाप बढदै गएको बेला जिल्ला अस्पताल कलैयमा औषधि र स्वास्थ्यकर्मीको सेवा अभावमा सर्वसाधारण मार्कामा परेका छन ।
    शिक्षा/स्वास्थ्य
    1232     सागर घोरसाइने
  • भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद

    हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।
    विचार/दृष्टिकोण
    898     नानीमैया विष्ट
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top