15 Dec 2018   |   
logo
शिक्षा/स्वास्थ्य

विद्यार्थीलाई कक्षाकोठामै जारको पानी



शिक्षा/स्वास्थ्य   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ २६ शनिवार  
हेटौंडा,२६ जेठः मनहरी गाउँपालिका–४, मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई कक्षाकोठामा पिउने पानीको व्यवस्था गरिएको छ ।

विद्यार्थीलाई कक्षाकोठामै जारको पानी


हेटौंडा–२ मानसचोकस्थित आशिष किराना स्टोर्सका सञ्चालक राजन अधिकारीले बालबालिकालाई कक्षा कोठामा पानी खानका लागि ११ सेट डिस्पेन्सरी सहितको जार उपलब्ध गराएपछि विद्यार्थीलाई खानेपानीको व्यवस्था मिलेको हो । 

खानेपानीको व्यवस्था नभएको र गर्मी याममा पानी खानका लागि यहाँ अध्ययनरत बालबालिकाले समस्या झेल्न परेको देखेर जार व्यवस्था गरिदिएको अधिकारीले बताए । आफ्नो स्वर्गीय माता–पिता खड्गकुमारी र भबानीप्र्रसाद अधिकारीको सम्झना स्वरुप विद्यालयमा खानेपानीको व्यवस्था गरिदिएको अधिकारीले जानकारी दिए । अधिकारी तीन दशकदेखि मानसचोकमा कुशल पान व्यवसायीको रुपमा चिनिन्छन् ।

आफ्नै कक्षाकोठामा जार व्यवस्था भएपछि विद्यार्थीमा खानेपानीको सहजता भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले बताए । बनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एकमात्र विद्यालयको रुपमा चिनिने यस विद्यालयमा ५ सय ५० जना बालबालिका अध्ययनरत छन् ।







सम्बन्धित शिर्षक समाचारहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727800 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top