16 Dec 2018   |   
logo
प्रदेश समाचार

मन्त्रालयको प्रगति विवरण सार्वजनिक, विविध क्षेत्रमा ४ अर्व २१ करोड बजेट



प्रदेश समाचार   ईहेटौंडा अनलाइन   २०७५ असोज १० बुधवार  
हेटौंडा, १० असोज : सामाजिक विकास मन्त्रालयको २ अर्व ९९ करोड ९८ लाख ६ हजार रुपैयाको वार्षिक स्वीकृत जम्मा बजेटलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।

मन्त्रालयको प्रगति विवरण सार्वजनिक, विविध क्षेत्रमा ४ अर्व २१ करोड बजेट


केन्द्र सरकार र मन्त्रालय सहितको कुल बजेट ४ अर्ब २१ करोड ८५ लाख रहेको छ ।


३ न. प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्धती कायम गर्न आज पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरण सहित प्रतिवेदन सार्वजनिक गरेको हो ।


जस अन्तरगत स्वास्थ्य, सामाजिक विकास, शिक्षा, विविध कार्यक्रम तथा प्रशासनिक जस्ता क्षेत्रमा उक्त बजेट विभाजन गरिएको छ । छुट्याइएको बजेट तथा निर्माण गरिएका कार्यक्रमहरुको द्धैमासिक रुपमा सार्वजनिक गर्ने गरेको प्रतिवेदन प्रस्तुतकर्ता सामाजिक विकास मन्त्रालयका सचिव दिर्घनाराण पौडेलले जानाकारी दिनुभयो ।


मन्त्रालयको वार्षिक कुल कार्यक्रम तथा संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएका कार्यक्रमहरुको बारेमा समेत जानकारी दिइएको थियो । चालु आर्थिक वर्षको दोस्रो द्धैमासिक अवधिमा प्रदेश स्तरीय प्रयोगशाला सम्बन्धि मापदण्ड निर्धारण, आर्युवेदिक तथा वैकल्पिक चिकित्साको प्रदेश स्तरीय नीति तयार गर्ने जस्ता कार्यहरु सम्पन्न गरिने सचिव पौडेलले बताउनुभयो ।


त्यसैगरी पत्रकारहरुको प्रश्नको जवाफमा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रथम द्धैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र संचालन गर्न बनेको वियेकको मस्यौदा तयार भई सदनमा पेश गरिएको जानकारी दिनुभयो । त्यसैगरी उहाँले स्वयमसेवक परिचालन कार्यविधि निर्देशिका समेत तयार भइसकेको बताउनुभयो ।


मन्त्री दुलालले अबको दोस्रो द्धैमासिक अवधिमा द्धन्द्ध प्रभावितहरुको लागि स्वरोजगारमुलक तालिम संचालन गरिने, आपतकालिन बाल उद्धार कोष संचालन गर्ने, जिल्ला स्तरीय रंगशाला निर्माण कार्यक्रम लगायतका धेरै कार्यक्रम गरिने बताउनुभयो ।   साथै उहाँले ३ न. प्रदेश अन्तरगत १३ जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने तयारी भइरहेको र त्यहाँबाट शिक्षा, स्वास्थ्य कार्यक्रम संचालन रेखदेख, नियन्त्रण गर्ने कार्य हुने बताउनुभयो ।



 







सम्बन्धित शिर्षक समाचारहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727903 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top