18 Feb 2019   |   
logo
प्रदेश समाचार

संघियता र अबैद्य बच्चा उस्तै भएको छ : मुख्यमन्त्रि लालबाबु राउत



प्रदेश समाचार   ईहेटौंडा अनलाइन   २०७५ आषाढ १३ बुधवार   
बारा / प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत गदीले अहिलेको संघियता दम्पतीले नचाहदा नचाहदै जनमाएको बच्चा जस्तै भएको बताएका छन् ।

संघियता र अबैद्य बच्चा उस्तै भएको छ : मुख्यमन्त्रि लालबाबु राउत


वीरगन्जको नगर सभा गृहमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर दुईको विस्तारित बैठकको उदघाटन गर्दै मन्त्री राउतले संघिय सरकारले प्रदेश सरकारलाई असफल गर्ने प्रयासमा लागेको आरोप लगाएका हुन् ।

प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारको भएको भन्दै मुख्यमन्त्रीले प्रदेशको लागि आफनै प्रहरी हुनुपर्ने व्यवस्था हुदाँहुदैपनी सरकारले असक्षमता दर्शाएको आरोप लगाएका थिए । केन्द्रको यस्तै रबैयाका कारण अब प्रदेश सरकारले प्रदेश प्रहरी नियुक्त गर्नका लागी छिटै नियमवाली तयार गराईरहेको र निकट भविष्य मै प्रदेश प्रहरीको संरचना निर्माण हुने समेत बताएका थिए । 

संविधानमा उल्लेख भए बमोजिम कुनैपनि केन्द्रिय नेतृत्वले प्रदेशमा आएर शान्ति सुरक्षा खल बलाउन खोजेमा प्रदेश प्रमुखको निर्देशनमा नियंत्रणमा लिन सकने सम्मको नियमवाली सहितको प्रदेश सुरक्षा निती बनाइने उनले दाबी गरेका थिए । मुख्यमन्त्री राउतले पत्रकारको क्षमता अभिबृद्धीका लागि प्रतिष्ठान बनाउने कार्य योजना ल्याएको जानकारी गराएका थिए । प्रदेश सरकारले प्रदेश अन्तर्गतका पत्रकारहरुको संरक्षण गर्नेमा आफु मुख्यमन्त्री रहुनजेल सम्म प्रयासरत रहने प्रतिबद्धता जनाएका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश दुईका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको विस्तारित बैठकको उदघाटन सत्रमा सांसद हरिनरायण रौनियार, प्रदेश सभासद ओमप्रकाश शर्मा, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, नेपाल कम्युनिष्ट पार्टी पर्साका प्रभु हजरा, काग्रेस पर्सा सभापति अजय दिवेदी, राजपा नेत्री रम्भा मिश्रा, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पर्साका वरिष्ठ पत्रकार जगदिश शर्मा , इश्वरचन्द्र गौतम, शंकर खतिवडा, सुर्दशनराज पाण्डेय , रामराज्य यादवलाई सम्मान गरिएको थियो । प्रदेश उपाध्यक्ष केसि लामिछाने स्वागत मन्तव्य राखनु भएको कार्यक्रममा पर्सा शाखाले प्रदेश नम्बर दुईको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अभिनन्दन समेत गरेको थियो ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104550 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top