20 Nov 2018   |   
logo
प्रदेश समाचार

आलोचनाले काम गर्न उत्साह बढ्छ:उपप्रमुख लामा



प्रदेश समाचार   309 पटक पढिएको   ईहेटौंडा अनलाइन     
हेटौडा,१२ असार । हेटौडा उपमहानगरपालिकाको उपप्रमुख मिना कुमारी लामाले आफूलाई नागरिकले काम गर्न पठाएकोले नागरिकले खबरदारी र आलोचना गरिरहे आफूलाई काम गर्न उत्साह बढ्ने बताएकी छिन् ।

आलोचनाले काम गर्न उत्साह बढ्छ:उपप्रमुख लामा


क्रियाशील पत्रकार महिला मकवानपुर शाखाले मंगलवार महिला पत्रकारहरुका निम्ति तीन दिने फिचर लेखन तालिमको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि लामाले सो कुरा बताएकी हुन । उनले पत्रकारहरु समाजका बौद्धिक निकाय भएकोले जनताका प्रतिनिधिहरुलाई सबै खबरदारी गरिरहन आग्रह गरिन् । पत्रकार महिलाहरुलाई आट, जागर र उत्साह भए जस्तोसुकै काम गर्न सकिने भन्दै उनले पत्रकार महिलाको निम्ति आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताइन । 

कार्यक्रमका विशेष अतिथि क्रियाशील पत्रकार महिलाका केन्द्रीय अध्यक्ष अमिका राजथलाले कुनै पनि पेशामा निरन्तरता भइराखेमा यो क्षेत्रमा योगदान पुग्ने बताइन् । कार्यक्रमका अतिथि राष्ट्रिय समाचार समितिका पुर्व महाप्रबन्धक निर्मला आचार्यले महिला पत्रकारलाई विविध बाधा अड्चन आएपनि निरन्तर लागिरहे दक्षता बढ्ने बताइन । उनले तालिमलाई औपचारिकतामा मात्र सिमित नराखि कार्यक्षेत्रमा प्रयोग गरे क्षमतामा निखार आउनेमा जोड दिइन । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ न.प्रदेशका अध्यक्ष प्रताव विष्ट, उपाध्यक्ष सम्झना कार्की, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमैया विष्ट, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष रुपा गुरुङ, क्रियाशील पत्रकार महिलाका संस्थापक अध्यक्ष रन्जिता डंगोल, पत्रकारहरु बालकृष्ण अधिकारी, अशोकसुजन श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम क्रियाशील पत्रकार महिला मकवानपुरका अध्यक्ष रेश्मि कार्कीको अध्यक्षतामा भएको थियो भने संचालन भावना रिजालले गरेकी थिइन ।







सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3728     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1523     ईहेटौंडा अनलाइन
5684345 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top