+९७७-९८५५०१८११८
logo
सूचना/जानकारी

सवारी चालक अनुमतिपत्र सम्बन्धी जानकारी



सूचना/जानकारी    326 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ ३१ बिहीवार  
हेटौंडा,३१ जेठः सवारी चालक अनुमतिपत्र सम्बन्धी जानकारी बिना सवारी चालक अनुमतिपत्र कुनेपनि सवारी साधन चलाउन पाईदैन र सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी साधन चलाउन दिनु हुदैन ।

सवारी चालक अनुमतिपत्र सम्बन्धी जानकारी


यदि कुनै व्यक्तिले बिना सवारी चालक अनुमतिपत्र सवारी साधन चलाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० संजाय सम्बन्धि व्यवस्था महलको दफा १६० बमोजिम रु पाँच सय देखी दुइ हजार सम्म जरिवाना हुन्छ ।

सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागी आवश्यक योग्यता - 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ४ चालक अनुमतिपत्र सम्बन्धि व्यवस्थाको दफा ४७ बमोजिम हुनु पर्ने छ । 


निम्न योग्यता पुगेको व्यक्ति सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागी योग्य मानिने छ - 

१) मोटरर्साईकलको लागी - 

- उमेर १६ बर्षपुरा भएको । 

- छारे रोग,बौलाएको वा एका एक रिङटा लाग्ने र मुर्छाहुने किसिमको रोग नलागेको । 

- आँखा देख्ने शक्ति ठिक भएको व्यक्ति 

- रातो,हरियो,पहेंलो रंग तुरुन्त छुट्याउन सक्ने दृष्टि दोष नभएको व्यक्ति 

- रतन्धो नभएको व्यक्ति 

- हात खुट्टा शक्तिहिन भई काम दिन नसक्ने नभएको व्यक्ति तर अपाङ्गको हकमा बिशेष किसिमले बनेको स्कुटरको लागी बिशेष व्यवस्था गरिएको हुन्छ । 

- नेपाली नागरिकको हकमा नागरिकताको प्रमाण पत्र समेत प्राप्त गरेको हुनु पर्छ । 

- मझौला र सानो सवारीको लागी १८ बर्षउमेर पुगेको व्यक्ति 

- ठूलो सवारी साधनको लागी २१ बर्षउमेर पुगी सानो सवारी चलाएको २ बर्षपूरा गरेको हुनु पर्दछ । 

- ६० बर्षउमेर पुगेको कुनै पनि व्यक्तिलाई ठूलो र मझौला र्सार्वजनिक सवारी साधन अनुमति दिईने छैन । 

माथि उल्लेखित योग्यता पुगेको व्यक्तिले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न चाहेको खण्डमा आफुलाई पाएक पर्ने यातायात व्यवस्था कार्यालयमा गई निवेदन दिन सक्ने छन् । 


सवारी चालक अनुमतिपत्रको लागी  निवेदन दिंदा चाहिने कागजातहरु -

१) निवेदन साथमा रु ५ को टिकट 

२) राजस्व २०० सय 

३) नागरिकताको प्रमाणित प्रतिलिपी 

४) नेपाल सरकारद्धारा मान्यता प्राप्त चिकित्सकले दिएको स्वास्थ्य परिक्षण गरेकेा निरोगिताको प्रमाण पत्र 

५) निजले चलाउन चाहेको सवारी साधन सम्बन्धमा प्रशिक्षण केन्द्रले दिएको प्रमाणपत्रको प्रतिलिपी 


माथि उल्लेखित बमोजिम निवेदन दिएको व्याक्तिलाई लिदित परिक्षाको लागी समाबेश गरिने छ । लिखित परिक्षामा निजले सवारी साधन सम्बन्धि,सवारी सम्बन्धि ऐन,नियम तथा ट्राफिक संकेत सम्बन्धि सामान्य ज्ञान छ छैन भन्ने कुराको यकिन गर्न परिक्षा लिनु पर्दछ । लिखित परिक्षा उर्तिण गरे पश्चात निजले ट्राईल परिक्षा पास भए पश्चात ट्राफिक प्रहरी यातायात व्यवस्था कार्यालयमा संचालन गरेको अनुशिक्षण प्राप्त गरिसकेपछि निजलाई सवारी चालक अनुमतिपत्र दिईन्छ । 

- मझौला र साना सवारीको लागि १८ बर्षउमेर पुगेको ।

- ठुला सवारी साधनको लागि २१ बर्षउमेर पुगी साना सवारी चलाएको २ बर्ष पुरा गरेको हुनुपर्ने ।

- ६० बर्षउमेर पुगेको कुनै पनि व्यक्तिलाई ठुलो र मझौला र्सार्वजनिक सवारी साधन चलाउन अनुमति दिईने छैन ।

नयाँ प्राप्त सवारी चालक अनुमति पत्र १ बर्षो लागि परीक्षणकालमा रहने छ ।परीक्षण काल भित्र चालकले सवारी तथा यातायात व्यवस्था ऐन तथा यस ऐन वमोजिम बनेको नियम उल्लंघन पाँच पटक भन्दा वढी नगरेको खण्डमा  स्थायी रुपमा परिणत हुनेछ । यस्तो स.चा.अ.प दिएको मितिले पाँच वर्षसम्म वहाल रहनेछ । पाँच बर्षपश्चात नबिकरण गर्नु पर्ने छ ।

१) नबिकरण गर्ने प्रक्रिया - बहाल भएको मिति सकिएको ९० दिन भित्र यस्तो स.चा.अ.प को यातायात व्यवस्था कार्यालयमा गई पुन नवीकरण गराउनु पर्दछ । ९० दिनको पनि म्याद नाघेको स.चा.अ.प नवीकरण गर्नको लागि १ बर्षनाघेको लागेको दस्तुर मा १०० ५ ,थप २ बर्षनाघेको २००५ ,३ बर्षनाघेको ३००५ ,४ बर्षनाघेको ४००५ र ५ बर्षनाघेको ५००५ थप जरीवाना गरी नवीकरण गरिने छ भने ५ बर्षपछि सो स.चा.अ.प स्वत रद्द हुनेछ ।यसरी रद्द भएको स.चा.अ.प को दर्ता किताव बाट लगत कट्टा गरिनेछ । लगत कट्टा भएको स.चा.अ.प नवीकरण गरिने छैन ।

२) नवीकरण गराउदा नागरिकताको प्रतिलिपि ,हालसालै खिचिएको फोटो,पुरानो  सवारी चालक अनुमति पत्र र निरोगिताको प्रमाण पत्र संलग्न राखी निवेदनको साथ राजश्व दस्तुर सहित यातायात व्यवस्था कार्यालयमा पेश गर्नुपर्दछ । 

३) सवारी चालक अनुमति पत्र निलम्वन गर्न सकिनेः- सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली २०४५ बमोजिम चालकले पालना गर्नु पर्ने शर्तहरु पाँच पटक भन्दा वढी उल्लंघन गरेको प्रमाणित भएको त्यस्तो चालक को स.चा.अ.प यातायात व्यवस्था विभाग द्धारा ६ महिनाको लागि निलम्वन गर्न सकिने छ ।

४) चालक अनुमति पत्रको प्रतिलिपि लिने - स.चा.अ.प हराएमा,च्यातियमा,झुत्रो भई नवुझिने भएमा  त्यस्तो स.चा.अ.प को प्रतिलिपी  लिन सकिन्छ, जसको लागि ट्राफिक प्रहरी महाशाखा बाट कारवाहीमा नरहेको व्यहोराको सिफारिस अनिवार्य रुपमा लिनु पर्नेछ ।

५) ट्राफिक प्रहरी महाशाखा बाट  सिफारिस लिने तरीका - १) ट्राफिक प्रहरी महाशाखामा आफ्नो स.चा.अ.प हराएको व्यहोराको निवेदन पेश गर्ने ।

६) निवेदनमा स.चा.अ.प नम्वर,नाम भर्ने ।

- ट्राफिक प्रहरी महाशाखामा निवेदन दर्ता गराएको निवेदन उपर तेस्रो दिनमा फेला नपरेको सिफारिस दिने ।

- उक्त सिफारिस साथ निवेदन,नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको ३ प्रति फोटो सहित लाग्ने दस्तुर यातायात कार्यालयमा पेश गर्नुपर्ने ।

- अन्तराष्ट्रिय चालक अनुमति पत्र (International Driving Licence) - अन्तराष्ट्रिय चालक अनुमति पत्र छ भने सवारी साधन नेपाल अधिराज्य भर चलाउन मिल्ने छ ।

- विदेशी नागरिक को हकमाः- नेपालमा बसोवास तथा व्यवसाय गरिरहेका विदेशी नागरिक हरुले नेपाली सवारी चालक अनुमति पत्र प्राप्त गर्न चाहेको खण्डमा नेपाली नागरिकताको सट्टामा निजले सम्वन्धित देशको नेपाल स्थित दुतावास बाट नेपाल बस्दै आएको सिफारिस पेश गरी स.चा.अ.प प्राप्त गर्ने नियमानुसार जानुपर्नेछ ।


सवारी साधनको सवारी चालक अनुमति पत्र बनाउदा र नविकरण गर्दा लाग्ने राजश्व दस्तुर -

मोटरसाईकलको मात्र लाग्ने दस्तुरहरु - 

१. राजस्व - रु ७०० ।- 

२. नविकरण गर्दा - रु ७०० ।- 

चारपाङ्गे सवारी साधन ट्याक्सी, कार, जिप डेलिभरी भ्यानको लाग्ने दस्तुरहरु -

१. राजस्व - रु १,००० ।- 

२. र्फमभर्दा - रु २०० ।-  

३. नविकरण गर्दा - रु १,०००।- 

मोटरसाईकल र ट्याक्सी, कार, जिप डेलिभरी भ्यानको लाग्ने दस्तुर -

१. फोटो - दरखास्त दिंदा ३ वटा पासपोर्ट साईजको । 

२. राजस्व - रु १,००० ।- 

३. र्फमभर्दा - रु ४,००।- 

४. नविकरण गर्दा - रु १,०००।- 

गहुँगो सवारी साधन ( मिनीबस ) को हकमा - 

१. राजस्व - रु १,५०० ।- 

२. र्फमभर्दा - रु २,००।- 

३. नविकरण गर्दा - रु १,५००।- 

गहुँगो सवारी साधन ( मिनीबस , बस, ट्रक, लहरी ) को हकमा -

१. राजस्व - रु २,००० ।- 

२. र्फमभर्दा - रु ४,००।- 

३. नविकरण गर्दा - २,०००।- 

र्‍याकरको हकमा - 

१. राजस्व - रु २,००० ।- 

२. र्फमभर्दा - रु ४,००।- 

३. नविकरण गर्दा - रु२,०००।- 

डोजर लोडरको हकमा - 

१. राजस्व - रु २,००० ।- 

२. र्फमभर्दा - रु ४,००।- 

३. नविकरण गर्दा - रु २,०००।-







सम्बन्धित शिर्षक समाचारहरु
  • आधुनिक निरन्तर १४ औं पटक जिल्ला प्रथम, खुसीयालीमा बजार परिक्रमा

    हेटौडा, ११ असार । सामुदायिक विद्यालय तर्फ लगातार मकवानपुरमा १४ औं पटक श्री आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय प्रथम हुन सफल भएको छ । उक्त खुसीयालीमा आज विद्यार्थी,शिक्षक,कर्मचारी तथा अभिभावकको सहभागितामा हेटौडा बजार परिक्रमा गरिएको थियो ।
    स्थानीय समाचार
    191     २०७५ आषाढ ११ सोमबार
  • बकैयाले दियो भौतिक पूर्वाधारमा जोड

    बकैया,११ असार । मकवानपुरको सबैभन्दा ठूलो गाउपालिकाको रुपमा रहेको बकैया गाउपालिकाले पाचवटा प्रमुख योजनाहरु आफ्नो नीति तथा कार्यक्रममा महत्वको साथ राखिएको छ ।
    स्थानीय समाचार
    22     २०७५ आषाढ ११ सोमबार
  • हेटौंडा उपमहानगरपालिकाको तेस्रो नगरसभा, कुन क्षेत्रमा कति बजेट?

    हेटौंडा,१० असारः हेटौंडा उपमहानगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । सभामा उपमेयर मीनाकुमारी लामाले आगामी आर्थिक वर्षको लागि करिब १ अर्ब ६३ करोड ४ लाख ५७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव पेश गर्नुभएको छ ।
    स्थानीय समाचार
    247     २०७५ आषाढ १० आइतवार
  • आफूमाथि श्रमशोषण भएको शिक्षिकाको दावी

    बारा,१० असार । आफू कार्यरत बिद्यालयका प्रध्यानाध्यापक र ब्याबस्थापन समितिले शिक्षिकाहरुको श्रमशोषण गरेको शिक्षिकाहरुले बताएका छन् ।
    स्थानीय समाचार
    161     २०७५ आषाढ १० आइतवार
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2047     यादव चौलागाईं
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1512     -कृष्णप्रसाद भट्ट
  • बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

    भाद्र १० शनिवार, बारा बाढी र डुवान पिडित बिरामीको चाप बढदै गएको बेला जिल्ला अस्पताल कलैयमा औषधि र स्वास्थ्यकर्मीको सेवा अभावमा सर्वसाधारण मार्कामा परेका छन ।
    शिक्षा/स्वास्थ्य
    1232     सागर घोरसाइने
  • भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद

    हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।
    विचार/दृष्टिकोण
    898     नानीमैया विष्ट
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top