24 Mar 2019   |   
logo
साहित्य/कला

डा.उपाध्यायको एकै साथ ८/८ वटा एल्बम र उपन्यास सार्वजनिक



साहित्य/कला   ईहेटौंडा अनलाइन   २०७५ मंसिर २४ सोमबार  
हेटौंडाः साहित्यकार डा.डी.आर.उपाध्यायको ८ ओटा गिति एल्बम र ८ ओटा उपन्यास एकैसाथ सार्वजनिक गरिएको छ ।

डा.उपाध्यायको एकै साथ ८/८ वटा एल्बम र उपन्यास सार्वजनिक
लेखक सहित कार्यक्रममा उपस्थित अतिथिहरुले एल्बम र उपन्यास सार्वजनिक गर्दै ।

 काठ्माडौंमा विमोचन भइसकेपछि साङ्गीतिक यात्रा सहित डा. उपाध्ययाको टिम आज हेटौडा आइपुगेको थियो । पत्रकार तथा साहित्यकारहरुको माझ डा.साहित्यकार उपाध्यायले रचना गर्नुभएका गीतहरु गायक गायीकाहरुले प्रस्तुत गर्नुभएको थियो । 

 पद्यदीप स्मृति प्रतिष्ठानको आयोजना गरेको कार्यक्रममा चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जन, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्र्गी, लेखक डा. उपाध्याय र साहित्यकार आर सी रिजालले गिति एल्बम र उपन्यास सयुंक्त रुपमा सार्वजनिक गर्नुभएको हो । डा. उपाध्यायका उपन्यास बज्राघात, त्यागी, भाग्यचक्र, अपवित्र छाँया, स्वार्थी बिटुली, दगाबाज, अतिरिक्त रहेका छन् भने ८ गीति एल्बममा प्रणय, सहेली, प्रतिनाद, अन्तराप, जोहो, जखम माउन्टेन मेलोडी, नशालु नजर रहेका छन् ।

देशको विभिन्न स्थानमा कार्यक्रम सकेर हेटौडा आइपुगेको टोलीमा संगीतकार सन्तोष श्रेष्ठ, गायिका निशा देशार र गायक सागर अधिकारी शरदले साङ्गीतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, अरुणराज सुमार्गी, नरेन्द्र महर्जन, सञ्चारकर्मी तथा साहित्यकार अच्युत घिमिरे बुलबुलले आफ्नो भनाइ राखेका थिए । 







सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2118     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1891     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252894 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top