21 Jan 2019   |   
logo
साहित्य/कला

यसवर्षको रमेश विकल वाङ्मय पुरस्कार कथाकार विमललाई प्रदान गरिने



साहित्य/कला   ईहेटौंडा अनलाइन   २०७५ मंसिर ११ मंगलवार  
काठमाडौंः वि.सं २०७४ को ‘रमेश विकल वाङ्मय पुरस्कार’ कथाकार डा. राजेन्द्र विमललाई प्रदान गरिने भएको छ ।

यसवर्षको रमेश विकल वाङ्मय पुरस्कार कथाकार विमललाई प्रदान गरिने


कथाकार विमल लामो समयदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । 

हालसम्म सबैभन्दा धेरै पटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई ‘रमेश विकल–सुशीला समाज सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको रमेश विकल साहित्य प्रतिष्ठानले जनाएको छ । 

यसैगरी वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘रमेश विकल सृजना पुरस्कार’ तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव विजय चालिसेले राससलाई जानकारी दिनुभयो । 

सङ्घर्षशील नारी व्यक्तित्व लक्ष्मी शर्मालाई ‘रमेश विकल–सुशीला सङ्घर्षशील नारी सम्मान–पुरस्कार’ तथा वरिष्ठ तबला वादक शास्त्रीय सङ्गीतकार अच्युतराम भण्डारीलाई ‘रमेश विकल सङ्गीत पुरस्कार’ प्रदान गरिने छ । 

प्रतिष्ठान कार्य समितिका सदस्य मातृका पोखरेलको संयोजकत्वमा साहित्यकारद्वय प्रल्हाद पोखे्रल र सीता भट्टराई सदस्य रहनुभएको सिफारिश समितिको सिफारिशलाई प्रतिष्ठानले अनुमोदन गरी पुरस्कारको घोषणा गरेको हो । 

आगामी पुस १४ गते प्रतिष्ठानकै नवनिर्मित भवनमा साहित्यकारलाई पुरस्कृत गरिने छ । त्यसै दिन विकल स्मृतिसभासँगै भवन उद्घाटन गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । 

(रासस)







सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1549     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1405     हेटौंडा अनलाईन संवाददाता
5995043 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top