21 Jan 2019   |   
logo
साहित्य/कला

द्रौपदी : एक शसक्त साहित्यकृति



साहित्य/कला   -कुमार समदर्शी   २०७५ कार्तिक १६ शुक्रवार  
१६ कार्तिक, हेटौंडा : भर्खरै नेपाली साहित्यको बजारमा एउटा कृति आएको छ । जुन मुल लेखक डा. प्रतिभा राय हुन र यो सर्बप्रथम ओडिया भाषामा डा. प्रकाशन भएको थियो । धेरै भाषामा अनुवाद भई चर्चाको शिखर बटुलेको यस कृतिको नेपाली संस्करण भने निर्माण प्रकाशन नाम्ची सिक्किमले सन् २०१२ मा गरेको थियो ।

द्रौपदी : एक शसक्त साहित्यकृति


विन्द्या सुब्बाले हिन्दी संसकरणलाई नेपालीमा अनुवाद गरी याज्ञसेनीबाट दौपदी बनाउनुभएको हो । यो उपन्यास एउटा सशक्त नारीवादी उपन्यास हो । बद्लाको भावनाले प्रेरित राजा द्रुपदकी छोरीको नाममा उनैलाई प्रमुख पात्र बनाई लेखिएको यो उपन्यास एउटा सशक्त नारीबादी उपन्यास हो । धर्म स्थापना गर्न होस् या कायम गर्न नारीको सहयोग महत्वपूर्ण छ भन्ने वकालत गर्दछ यस पुस्तकले । 

पिता द्रुपदराजले पाण्डवहरुका गुरु द्रोण सहायताका लागि आफू समक्ष आउँदा उपहासमा भिक्षु, ब्राम्हण अनि राजाको मित्र सम्भव नहुने, मित्रता त समस्कन्ध भएकाहरु बीचहरु मात्र हुने गर्दछ भनेको कारण यसको अपमान सहन गर्न नसकेर  द्रोणले बदला लिने निश्चय गरेका हुन्छन् । कुरु सभामा उनले नियुक्ती पाउँछन् तब उनले आफ्नो अपमानको बदला लिन्छन् । पाण्डवहरुको अस्त्रशिक्षा समाप्त भएपछि द्रोणले पाण्डवहरु समक्ष दक्षिणामा राजा द्रुपदराजलाई बाँधेर आफ्नो पाउमा राख्न भन्छन् । तृतीय पाण्डव अर्जुन द्रोणका अति प्रिय शिष्य हुन्छन् र तिनै अर्जुनले राजा द्रुपदलाई बाँधेर ल्याई द्रोणको पाउमा राखिदिन्छन् । 

यसरी राजा द्रुपदराजले आफनो पाञ्चाल राज्यको उत्तरी भाग आफूबाट हार्न पुग्दछन् । गंगाको दक्षिण राज्य  मात्र आफ्नो रहेको जानकारी द्रोणबाट पाउँछन् । यसरी द्रुपदको आधा राज्य हडपिएर कपट मित्रता हुन पुग्दछ । 

तर क्षत्रीयले कहिल्यै पनि आफ्नो अपमान बिर्सन सक्तैन । त्यस्सैले  द्रोणलाई मार्नको निम्ती राजा द्रुपदले कश्यप ऋषीको वंशज उपयाजलाई खुसी पार्दछन् । पुत्र प्राप्तिको निम्ति उपयाज उवम् याज ऋषिद्धारा यज्ञ गराउँदछन् र यज्ञको होमाग्नीबाट धृष्टधुम्न र यज्ञदेवीको दुईभागबाट जन्मिन्छिन् याज्ञसेनी अर्थात द्रौपदी ।

द्रौपदी अत्यन्तै सुन्दर हुन्छिन् । कृष्णको भक्तिभाव गर्दछिन् र उनै कृष्णको कल्पनामा डुबिरहन्छिन् । जब कृष्णलाई पतिको रुपमा स्वयम्बर गर्न उनी तयार हुन्छिन् कृष्णको प्रस्तावले उनी असमञ्जस्यतामा पर्दछिन् । कृष्णले आफ्नै फूपुका छोरा अर्जुनसँग उनको विवाहको प्रस्ताव गर्दछन् । जुन दैपदीको कल्पना भन्दा बाहिर हुन्छ । जुन माला कृष्णलाई पहि¥याउनका निम्ति विहानै देखि उनिएको थियो त्यही माला अर्जुनलाई पहि¥याउनुपर्ने भयो । यहाँ नेर द्रौपदीलाई साह्रै नराम्रो लाग्छ र भन्छिन् “के मेरो कुनै आफ्नो इच्छा छैन ? आकांक्षा पनि छैन ? के मेरो जन्म, जीवन अनि मरण कसैको निर्देशद्धारा सञ्चालित छ । म किन आएँ र किन जीवित छु, किन मर्छु, के उद्देश्य छ मेरो, केहि जान्दिँन म ।” हो यहि अवस्था छ द्रौपदीकालिन नारी देखि अहिलेसम्मका नारीहरुको अवस्था । यहाँ नारीहरुलाई विभिन्न तरिकाले प्रयोग मात्र गरिएकोछ । यो पुरुषसत्ताको लज्जास्पद कार्य हो । तर नारी हो सहन गर्नैपर्दछ । द्रौपदी पनि अर्जुनसँग विवाह गरी गर्न मञ्जुर हुन्छिन् । जुन वीरले कुनै समय द्रोणको आदेशमा आफ्नो पितालाई बन्दी बनाएका थिए उनै पुरुष आफ्ना पिताको ज्वाँई हुनेछन् , योभन्दा बद्लाको अर्को स्वरुप के हुन्छ र । 

द्रौपदीको भाषा सम्पादन दिनेश पौडेलले गर्नुभएको छ । हिन्दीबाट अनुवाद गरिएको भएर धेरै शब्द जस्ताको तस्तै अर्थात हिन्दीमैै राखिएकाछन् । जस्तै दर्पण, विधाता, स्नेहसिक्त, समयधरी, प्रणाम, शिरनत, उत्फुल्ल आदि । यी भारत निवासी नेपालीमुलकी अनुवादकले प्रयोग गर्नुभएका ति शब्द सम्पादनको क्रममा नेपाली जनजिब्रो कै शब्दावली राखिएको भए ठेट नेपालीकरण हुन सक्थ्यो कि । यति शसक्त पुस्तक यस अघि कहिल्यै पढिएको थिएन । कृष्ण धरावासीले राधाको प्रेमकथालाई उपन्यास मार्फत ल्याउनु भएको थियो । आज लाग्छ त्यस पुस्तक लेखनीको मार्गनिर्देश यसै पुस्तकले गरेको हुनुपर्दछ । पात्र र प्रबृति , घट्ना र परिवेश  नमिले पनि शैली उस्तै लाग्दछ । मञ्जरी प्रकाशनले बजारमा ल्याएको यो पुस्तक प्रत्येक साहित्य पारखीहरुको लागि गतिलो खुराक बन्नेमा दुईमत छैन ।



प्रस्तुति : महेन्द्र ओझा 








सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1550     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1509     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1405     हेटौंडा अनलाईन संवाददाता
5995063 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top