20 Nov 2018   |   
logo
साहित्य/कला

मन्त्रीज्यू, भाषासाहित्यको सन्दर्भमा हाम्रो कुरा पनि सुन्ने हो कि ?



साहित्य/कला   55 पटक पढिएको   ईहेटौंडा अनलाईन   २०७५ कार्तिक ०९ शुक्रवार  
२०७५ कार्तिक ०९ शुक्रवार मन्त्रीज्यू, देशको भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धनको सम्पूर्ण जिम्मेवारी तपाईको काँधमा भएको बेलामा एकजना भाषा, साहित्य, कला र संस्कृतिप्रेमी आम नेपालीको नाताले तपाईलाई सम्बोधन गर्नु अनुपयुक्त नहोला

मन्त्रीज्यू, भाषासाहित्यको सन्दर्भमा हाम्रो कुरा पनि सुन्ने हो कि ?


विशेषत: तीन वटै प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु र प्राज्ञहरूको चयनको महत्वपूर्ण अभिभारा तपाईको युवा काँधमा आईपरेको छ. नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्य सचिव नियुक्त भैसकेको अवस्था छ तर अरु पदाधिकारी र सदस्यहरुको चयन हुन बाँकी नै छ. प्राज्ञहरुको चयन गाह्रो हैन तैपनि  यो आफैमा निकै नै गाह्रो काम पनि हो. आ-आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरुलाई एउटा सर्बाधिकार सम्पन्न कमिटीले चयन गर्नु त्यत्ति गाह्रो काम पक्कै हैन, तर राम्रा प्रतिभाहरुको भीडबाट अझै राम्रा प्रतिभाहरुको छनौट गर्नु त्यत्ति सजिलो पनि छैन. किनभने निष्पक्ष भएर चयन प्रक्रियालाई अघि बढाउँदा बढाउंदै पनि संख्याको सीमितताले थुप्रै प्रतिभाहरु छुट्न सक्छन भने सोर्स, फोर्स र प्रभावले अनपेक्षित पात्रहरु अगाडी नआउलान भन्न पनि सकिन्न.

त्यसैले नेपाल प्रज्ञा प्रतिष्ठानकै सन्दर्भमा कुरा गर्दा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्बन्धमा यसको  करीब छ दशकको लामो अनि गरिमामय इतिहास छ. त्यो इतिहासलाई पछाडी फर्केर हेर्दा त्यहाँ बालकृष्ण सम, विजय मल्ल, सूर्यविक्रम ज्ञवाली, रमेश विकल, डा. ईश्वर बराल लगायतका विशिष्ठ प्रतिभाहरुको संलग्नता र योगदान रहेको छ. ती नामहरु जसको नाम लिनासाथ हामी उहाँहरुको योगदानप्रति नतमस्तक हुन्छौं. किनकि “प्रज्ञा प्रतिष्ठान” भन्ने शब्दमै एउटा छुट्टै गरिमा र सम्मान छ. त्यसैले अब नियुक्त हुने प्राज्ञहरू, पदाधिकारीहरुले पनि प्रज्ञा प्रतिष्ठानको त्यो गरिमा, मूल्य र प्रतिष्ठालाई आ-आफ्नो साहित्यिक व्यक्तित्वले कति हदसम्म बोक्न सक्लान ? कति हदसम्म अझै त्यो गरिमा र प्रतिष्ठाको उचाईमाथि उचाई थप्दै जाने हो ? त्यसैले प्राज्ञहरुको चयनका लागि तपाईले के सोच्नु भएको छ ? केवल नेकपाको झण्डा र झोला  बोक्ने व्यक्ति भए प्राज्ञको योग्यता पुग्छ भन्ने सोच्नु भएको छ कि त्यसो नभएर प्राज्ञ  बन्न कुनै पार्टीको झन्डा नबोके तापनि उसको योगदान, योग्यता र क्षमताले  साँच्चिकै प्राज्ञिक व्यक्तित्व हुनु पर्छ भनेर सोच्नु भएको छ ? तपाईको कमिटिले  थोरै मात्रै भए पनि निर्मम भएर सोंच्ने र निष्पक्ष भएर निर्णय गर्ने हो भने पछिल्लो समयमा प्राज्ञ चयनमा देखिएको कमीकमजोरी धेरै हदसम्म सच्चिने थियो. प्राज्ञ छनौट कमिटीप्रति हराएको बिश्वास फेरि पलाउने थियो. किनकि प्रज्ञा प्रतिष्ठान भन्ने बित्तिकै  प्राज्ञिक व्यक्तिहरु नै जाने र प्राज्ञिक काम नै गर्ने थलो हो भनेर बुझिन्छ.. त्यहाँ कुनै पनि पार्टीको ट्याग भिरेको भरमा पुग्न चाहने व्यक्तिहरुको कुनै काम छैन भनेर तपाइँ र तपाईको छनौट कमिटीले दह्रो निर्णय गर्ने होभने प्रज्ञा प्रतिष्ठानलाई प्रज्ञा प्रतिष्ठान नै हो यो पार्टीको कार्यकर्ता भर्ति केन्द्र हैन है भन्न असजिलो हुने थिएन. मन्त्रीज्यू, यसो गर्न निकै कठिनाई त होला तर गर्न चाह्योभने असम्भवभने छैन.


बिगतमा देखिएको अर्को कमजोरी हो प्राज्ञसभाका सदस्यहरुको  चयन. कुनै पनि संस्थामा सभाको महत्वपूर्ण भूमिका हुन्छ तर प्रज्ञा प्रतिष्ठानको हकमा त्यसो भएको देखिन्न. साथसाथै, प्राज्ञ सभामा जानेहरुले पनि सभाको महत्वलाई खासै आत्मसात गरेर काम गरेको पाइएन. प्राज्ञसभामा परियो भयो-सक्कियोको अवस्थाभन्दा अरु केही देखिएन.  किनकि परिषदले गर्ने र गरेको काममाथि प्रश्न उठाउने, विषय पारित गर्ने वा नगर्ने सन्दर्भमा सभामा दह्रो आवाज उठाउन सकिन्छ. प्रस्तावहरु पारित गर्ने वा नगर्ने अथवा मतदानमा जाने कि नजानेसम्मको स्थितिमा सभाका सदश्यहरुले संस्थाको गतिविधिमाथि आवाज बुलन्द गर्न सक्छन. तर यहाँ त प्राज्ञसभा भनेको त आफना मान्छेहरुलाई थन्काउने र ठाउँ दिने ठाउँभन्दा फरक र महत्वपूर्ण भएको पटक्कै देखिएन. किनकि सभा यस्तो महत्वपूर्ण प्लेटफर्म हो जहाँ प्राज्ञिक व्यक्तिहरुले गहन छलफल गरेर परिषद्लाई महत्वपूर्ण सल्लाह र सुझाव दिन सक्छन जसले गर्दा परिषदले ती सल्लाह अनि सुझाव अनुसार साँच्चिकै प्राज्ञिक काम गर्न सकोस. प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा भनेको आलाकाँचा ठेट्नाहरु थन्क्याउने र भेला हुने ठाउँ हैन भनेर मात्रै हृदयंगम गर्न सकियो भने मात्रै पनि सभामा सुयोग्य व्यक्तिहरुको प्रवेश सुनिश्चित हुने थियो र त्यो सभा सांचिकै सभाजस्तो पनि हुने थियो.  मन्त्रीज्यू,  यत्ति सुझाव दिंदा बढी भनेको नठहरिएला.

मन्त्रीज्यू,

एकजना व्यक्तिले पिउनको जागीर खानका लागि साधारण लेखपढ जानेकै हुनुपर्छ, वान्छनीय योग्यतामा साइकल चढ्न जानेको हुनुपर्छ. उमेर सोह्र पुगेर चालिस ननाघेकै हुनुपर्छ. त्यत्ति योग्यता पुगेपछिे  मात्र उसले बल्ल प्रतिस्पर्धामा भाग लिन पाउँछ. तर जनताले तिरेको करबाट जम्मा भएको देशको ढुकुटीबाट तलब भत्ता खाने प्राज्ञहरुको उमेर,योग्यता र क्षमताको निर्क्यौल हुनु पर्दैन ? त्यो निर्क्यौल पारदर्शी हुनु पर्दैन ?

नेपाली साहित्यमा यस्ता थुप्रै साधकहरु छन् जसले आजीवन नेपाली भाषा र साहित्यको सेवा गरे र निरन्तर गरिरहेकै  छन्. जस्तै:-  डा. तारानाथ शर्मा, माया ठकुरी, परशु प्रधान, भागीरथी श्रेष्ठ, डा. वानीरा गिरि , अनिता तुलाधर, शैलेन्द्र साकार, डा. गोपाल भण्डारी, दधिराज सुबेदी,वसन्तकुमार शर्मा नेपाल, कुन्ता  शर्मा, मन्जुल, ऋषिराज बराल, डा. गोपीन्द्र पौडेल, मंजु काँचुली,विजय चालिसे लगायतका श्रष्टाहरुको नाम  मन्त्रीज्यूको संयोजकत्वमा बनेको प्राज्ञ छनौट कमिटीले सम्झेको छ कि छैन ? मन्त्रीज्यू, जात, धर्म, बर्ग, लिंग, पार्टी  हैन प्राज्ञहरू चयन गर्न केवल प्राज्ञिक व्यक्तित्व हेर्नुस र प्राज्ञ सदस्य र पदाधिकारी चयन गर्नुस.

दुई तिहाइको प्रचण्ड बहुमतको सरकारबाट नेपाली जनताले निकै आशा राखेका छन्. तिनमा भाषा, साहित्य, कला, संस्कृतिलाई माया गर्ने मान्छे पनि पर्छन.  त्यसैले तीनवटै प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदश्यहरुको सही चयनले थोरै मात्रै भए पनि यो सरकारप्रति बिश्वाश राख्ने नेपाली जनताको आशा, भरोसा र बिश्वाश कायम राख्नु होस् भन्ने अनुरोध, आशा र बिश्वाश व्यक्त गर्दा संस्कृति मन्त्रीज्यू र प्राज्ञ छनौट कमिटिका साथीहरुलाई ननिको लाग्ने छैन नै. धन्यबाद.


इन्द्रकुमार श्रेष्ठ सरित् 

प्रस्तुति : महेन्द्र ओझा 







सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3728     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1523     ईहेटौंडा अनलाइन
5684234 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top