21 Oct 2018   |   
logo
कला/साहित्य

मलाई "मानार्थ" शहिद घोषणा गरियोस सरकार !



कला/साहित्य    221 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ असोज २३ मंगलवार  
हेटौंडा : कबिता लेख्ने फुर्सद छैन, न त छ फुर्सद, नयाँ अरु कुनै, रचना फुराउने नै, यो मन तयार छ, बरू परेको बेहोर्न कर, नाम कमाउने लोभमा, मेरो पनि छ हजुर, भंयकर ठुलो कवी हुने रहर त्यसैले दर्ता गर्न तयार छु, मेरो निबेदन तिम्रो टेबलमा, मलाई मानार्थ महाकवी, घोषणा गरियोस सरकार !

मलाई


कविता : मलाई "मानार्थ" शहिद घोषणा गरियोस सरकार !

मित्र पाठक काँचुली

देवचुली न पा ७, नवलपुर 



कबिता लेख्ने फुर्सद छैन

न त छ फुर्सद

नयाँ अरु कुनै 

रचना फुराउने नै 

यो मन तयार छ

बरू परेको बेहोर्न कर  

नाम कमाउने लोभमा 

मेरो पनि छ हजुर  

भंयकर ठुलो कवी हुने रहर

त्यसैले दर्ता गर्न तयार छु 

मेरो निबेदन तिम्रो टेबलमा

मलाई मानार्थ महाकवी 

घोषणा गरियोस 

सरकार !


घरभरी पापी पेट छन

ती पनि पल पल असुरक्षित छन  

दिनहुँ तीनीहरुको ओठमा 

जाउलो पुर्‍याउनु पर्छ 

म गल्ली गल्ली 

रुपैयाँ बटुल्न तल्लिन छु

सय हैन हजार चाहिन्छ 

एक छाक टार्न

थाहा छैन  

तरकारीको भाउ सुनेर

कुन दिन म अाइ सि यू मा हुन्छु  

निरिह साबित हुँदैछु म

बिन्ती छ ! 

क्षतिपूर्तीको व्यवस्था 

निर्बिकल्प हुन्छ भने 

पल पल मरेर जिउनु भन्दा 

एकै पटक गायब हुन तयार छु

आजैका मितिमा मेरो 

निवेदन दर्ज गराउँछु

चाडबाड सुरु हुनु अगावै  

मानार्थ नै सहि

मलाई

जिउदो सहिद 

घोषणा गरियोस सरकार !! 

 

सिँगापुर, स्विजरल्याण्ड 

मोनोरेल र स्मार्ट सिटीहरु

नबन्दै 

बिस्तारबादीहरुले ननिल्दैको 

मेरो माटोको नक्सा 

भाबी पिढीका लागि पनि  

पाठ्यक्रमहरूमा राख्ने दिन नआओस 

सपना त म सँग पनि थिए

सामान्य जीवन गुजार्ने सपनाहरु  

तर मिसिदै छन दिनहु धुलो मैलो मै 

बिक्षिप्त हुँदै छन सपनाहरु

अनी निरन्तर हुँदैछन क्षयिकरण 

सारा मेरा भिजन र मिसनहरु लाई 

एक एक भाईरल बनाउन चाहन्छु 

म पनि 

गाँस, बास र कपास सहितको

हत्या, हिंसा रहित  

शान्त र सुरक्षित नेपाल बनाएर

तसर्थ

मेरै जीवन कालमा  

सारा नेपालीको ओठमा 

एक चिम्टी हाँसो ल्याइ 

अमृत पिलाउने अठोट 

अनि छ सुनौलो रहर

मात्र एक बर्षलाई ट्रायल नै सहि   

शान्ती र सुरक्षाको जिम्वेवारी सहित

मलाई "मानार्थ कार्यकारी"

घोषणा गरियोस 

सरकार !!!


प्रस्तुति : महेन्द्र ओझा   









सम्बन्धित शिर्षक समाचारहरु
5539427 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top