18 Feb 2019   |   
logo
साहित्य/कला

व्याङ्ग्यकार लामिछानेलाई भैरव स्मृति सम्मान



साहित्य/कला   ईहेटौंडा अनलाइन   २०७५ असोज २० शनिवार  
हेटौंडाः वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव अर्याल स्मृति सम्मान–२०७४ बाट मकवानपुरे हास्यव्याङ्ग्यकार राजकुमार लामिछाने सम्मानित भएका छन् ।

व्याङ्ग्यकार लामिछानेलाई भैरव स्मृति सम्मान


मनोज गजुरेल, धुर्मुस सुन्तली फाउन्डेशन लगायत हास्यव्याङ्ग्यको क्षेत्रमा काम गर्दै आएका व्यक्तित्वले प्राप्त गरेको यो सम्मानबाट यसपटक मकवानपुरका लामिछाने सम्मानित भएका हुन् । हास्यव्याङ्ग्यको क्षेत्रमा उनको क्रियाशीलता र योगदानको कदर गर्दै निर्णायकहरुले उनलाई यो सम्मान दिने निर्णय गरेको जनाइएको छ । यो सम्मानबाट सम्मानति हुने लामिछाने मकवानपुरका पहिलो स्रष्टा पनि हुन् । 


लामिछानेलाई नगद २१ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका साहित्यकार धनराज गिरीले सम्मानपत्र प्रदान गरेका थिए । सम्मानति लामिछानेको ‘पुतलाको पावर’ हास्यव्याङ्ग्यको निवन्ध संग्रह प्रकाशित छ । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपालले संयुक्त रुपमा स्थापना गरेको भैरव अर्याल स्मृति सम्मानबाट हरेक वर्ष हास्यव्याङ्ग्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।


त्यसैगरी साहित्यसेवी पूर्णप्रसाद अर्याललाई पनि कार्यक्रममा सम्मान गरिएको छ । साहित्यलाई आर्थिक, भौतिक रुपमा सहयोग पुर्याएकोमा कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगमका उपाध्यक्ष अनिता न्यौपाने, व्याङ्ग्यकार आरसी रिजाल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिना, भैरव अर्यालका सुपुत्र प्रकाश अर्याल, ओम शान्तिका विजयले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा साहित्यकार मिनप्रसाद लामिछाने, सानुभाई विश्वकर्मा, देवराज खरेल, माधव भण्डारी, सम्मानित राजकुमार लामिछाने, प्रमुख अतिथि धनराज गिरी र सभाध्यक्ष गणेश पौडेलले व्याङ्ग्य रचना वाचन गरेका थिए । 







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104514 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top