21 Oct 2018   |   
logo
कला/साहित्य

सम्वृद्धिको स्थाई सरकार : गोथे



कला/साहित्य    120 पटक पढिएको   हरि अधिकारी    २०७५ असोज १८ बिहीवार  
कथा : काठमाडौँ गएको बेला सिंहदरबारको अगाडीबाट लम्किदै थिएं, गोथे गेट मै भेटियो । चियाको अनुरोध संगै क्यान्टिन छि¥यौं। धुलो मैलोले पुरिएको गोथे दुर्गमको सेवा केन्द्रबाट ५ दिन लामो यात्रा पछि काठमाडौँ भर्खरै पुगेको रहेछ, सरुवा रुपी सपनालाई अनुनय विनयको भाकामा सेतो फोटोकपी पेपरमा उतार्दै थियो।

सम्वृद्धिको स्थाई सरकार : गोथे


गोथे खरिदार लेबलको प्राबिधिक कर्मचारी हो, सानोमा मेधावी गोथे निम्न बर्र्गीय किसानको छोरो हो,  पैसाको अभाबमा दुख जेलो गरेर ऋण खोजेर गोथेका बाले उसलाई प्राबिधिक एस.एल.सी.सम्म सहरमै पढाएका थिए, १८ बर्षको कलिलो उमेरमै उसले जागिर खाएको थियो ।

सानै देखि चिनजान भएकाले घरको सबै कथा सुनाउने गथ्र्यो उ । पढ्दा र लोकसेवाको तयारी गर्दा बन्धकी राखेको खेत निखन्दाको कुरा सुनाउदा म पनि प्रफुलित भएको थिए । छिट्टै खरको छानो फालेर टिन हाल्ने योजना सुनाउदै थियो । रोगी बा, आमा र दुइ जिउ कि श्रीमती घरमा छोडेर स्काई फोन पनि राम्ररी नचल्ने ठाउँमा आफ्नो पढाई पनि बिट मारेर परिबन्धको  ब्यर्थ राष्ट्र सेवामा दत्तचित्त भएर समर्पित थियो ।

सेवा केन्द्र पुग्नुपर्ने बाध्यताले निबेदन तोक लगाएर गोथे फर्कियो । करिब १ महिना जतिपछि, मोबाइलमा घन्टी बज्यो । गोथेको नम्बर रहेछ । दुखेसो पोख्दै यसपाली पनि सरुवा भएनछ दाइ, एक्लो मान्छेलाइ सिंहदरबारले चिन्दो रैनछ । कि त पावर कि त पैसो चाहिने अरे, सिंहदरबार ठालुहरुको अड्डा रैछ दाइ । मोफसलका दीनदुखीहरुको व्यथा नबुझ्ने, जागिर खाएर न पैसा कमाउन सकियो, न पढ्न सकियो, न त आवस्यक परेको बेला घर परिवार हेर्न सकियो । जिन्दगी थाङ्नामै बित्ने भो । ठालुहरुको पाइलट पेनले अब सम्बृधिका अक्षर मात्र लेख्ने रे, बरु फ्री भिसामा कतार जाने १० सम्म संगै पढेको  रामेले घरघडेरी सहरमा जोडीसक्यो । मेरा त भगवान नि रैनछन । बाको पत्थरीको  अप्रेसन गर्नु पर्ने भो । अलिकति सहयोग गर्नु पर्ने भो । मसंग कहाँबाट पैसा हुनु भाइ तलब न आएको हाम्रो पनि ३ महिना भैसक्यो । समृद्धिको यात्रामा येस्ता दुइचार कुरा न आए देश कसरि बन्छ । दशैं आइसक्यो कसरी टार्ने हो मैले हास्दै उत्तर दिए । गोथेले फोन राख्यो ।

एकछिन गहिरिएर सोचे, कति सोझो छ गोथे, न कसैको झन्डा समाएर हिड्छ, न चाप्लुसी गर्छ, न घुस खान्छ । दुर्गमका बस्तिहरुमा सेवा गरेको छ, सम्वृद्धिको स्थाई सरकारमा गोथेजस्ता परिबन्धका टुहुराहरु कति होलान् ।

(हाल हेटौडा)








सम्बन्धित शिर्षक समाचारहरु
5539443 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top