21 Jan 2019   |   
logo
स्थानीय समाचार

मकवानपुरगढीमा पर्यटक बढे



स्थानीय समाचार   ईहेटौंडा अनलाइन   २०७५ पौष १५ आइतवार  
हेटौंडाः ऐतिहासिक मकवानपुर गढीमा आन्तरिक पर्यटक तथा इतिहास अध्ययनकर्ताहरूको भीड बढ्न थालेको छ।

मकवानपुरगढीमा पर्यटक बढे
फाइल तस्वीर

मकवानपुरगढीको ऐतिहासिकता तथा वस्तुस्थितिसहितको समाचार राष्ट्रि«य समाचार समितिले सम्प्रेषण गरेपछि र विभिन्न सञ्चारमाध्यममा प्रसारण प्रकाशन भएपछि मकवानपुर गढीमा आउने पर्यटक तथा अध्ययन टोलीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । आज मात्रै ५० भन्दा बढी समूहलाई वनभोजमा सघाएको स्थानीय व्यवसायी राजीव तामाङले बताउनुभयो । 

शनिबार पुल्चोक इञ्जिनीयरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरूको एक टोलीले ऐतिहासिक मकवानपुरगढी क्षेत्रकोे स्थलगत अध्ययन गरेको छ । प्राध्यापक डा सुधा श्रेष्ठको नेतृत्वमा उपप्राध्यापक अजयचन्द्र लालसहितको विद्यार्थी टोलीले आज ऐतिहासिक किल्लाको अध्ययन गरेको हो । इञ्जिनीयरिङ कलेजका पाँचौँ वर्षका २४ विद्यार्थी त्यहाँको इतिहाससहित गढी क्षेत्र संरक्षण र वरिपरिका क्षेत्रको संरक्षण र विकासका लागि अध्ययन, अनुसन्धान र लागत अनुमान गर्न आएका हुन् । 

गढीआसपासको क्षेत्र संरक्षणका लागि गर्न सकिने प्रयासबारे समूहले अध्ययन थालेको छ । टोलीले तीन दिन गढीक्षेत्रमा रहेर त्यहाँको भूगोल, इतिहास, वास्तुकला आदिबारे अध्ययन गर्नेछ । टोेलीलाई मकवानपुर गढी गाउँपालिकाले समेत अध्ययन कार्यमा सघाएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो । टोलीलाई इतिहासविद् केदारप्रसाद न्यौपानेले इतिहास र अन्य संरचनाबारे स्थलगत जानकारी गराउनुभएको थियो । 

(रासस बाट)







सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1550     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1405     हेटौंडा अनलाईन संवाददाता
5995055 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top