21 Oct 2018   |   
logo
स्थानीय समाचार

सुशासनमैत्री मनहरी गाउँपालिका बनाउन सरोकारवालाले जनाए सामुहिक प्रतिबद्धता



स्थानीय समाचार   330 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ असोज २५ बिहीवार  
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजले सुशासनमैत्री गाउँपालिका बनाउन सामुहिक रुपमा प्रतिबद्धता जनाएका छन् ।

सुशासनमैत्री मनहरी गाउँपालिका बनाउन सरोकारवालाले जनाए सामुहिक प्रतिबद्धता


मनहरी गाउँपालिका–८, रजैयास्थित युवा क्लब भवनमा आयोजित सभाबीच एक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै उनीहरुले सुशासनमैत्री गाउँपालिका बनाउन सामुहिक प्रतिबद्धता जनाएका हुन् । 

गाउँपालिकाको सुशासन नीति बनाउने, सुशासन प्रबद्र्धन समिति गठन गर्ने, प्रत्येक ३ महिनामा २० प्रकारका सूचना स्वतः सार्वजनिक गर्ने, प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्नेलगायत ९ वटा बुँदामा उनीहरुले हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर गरिएको पत्रमा योजनाको सार्वजनिक परीक्षण गर्ने, गाउँपालिकाभित्र कार्यरत संघसंस्थाले सामाजिक परीक्षण गर्ने, कार्यक्रम विवरण र बजेट सार्वजनिक गर्ने, नीतिनियम बनाउँदा नागरिकको सहभागिता गराउने लगायतका बुँदा छन् । 

यस्ता कुराहरु गाउँपालिकाको नीति, निर्देशिकामा पनि व्यवस्था भएकाले त्यही अनुसार अघि बढ्न सकेमा सुशासनमैत्री गाउँपालिका बनाउन सकिने मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले बताइन् । 

गाउँपालिकाभित्र रहेका ४७ जना जनप्रतिनिधि र सबै कर्मचारीको समान बुझाई भएमा सुशासनमैत्री गाउँपालिका बनाउन धेरै गाह्रो नहुने भन्दै उनले भनिन्,“कर्मचारी र जनप्रतिनिधिको सिंगो टिम सुशासनप्रति प्रतिबद्ध हुने हो भने मात्र गाउँपालिकालाई सुशासनमैत्री बनाउन सकिन्छ, नत्र धेरै चुनौती छ ।” 

कुनै एक व्यक्ति वा वडाले चाहेर मात्रै सिंगो गाउँपालिकालाई सुशासनमैत्री बनाउन नसकिने भएपनि प्रयास गर्दै अघि बढ्नुपर्ने उपाध्यक्ष विष्टको भनाई छ । स्थानीय नागरिक बजेटमुखी हुनुभन्दा पनि आफ्नो ठाउँको विकासका लागि जनस्तरबाट पहल गर्न आवश्यक भएको उनी बनाउँछिन् । खबरदारी मात्रै भन्दा पनि सुशासन प्रबद्र्धनका लागि सबै नागरिकको चासो, सहयोग र जिम्मेवारीपूर्ण भूमिका हुनुपर्ने उपाध्यक्ष विष्टको विचार छ ।  

जनप्रनिधिको हैसियतले आफू र आफ्नो टिम सुशासनमैत्री गाउँपालिका बनाउन तयार रहेको उपाध्यक्ष विष्टको प्रतिबद्धता थियो ।



कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले आयोजनाका कामहरु प्रक्रियागत ढंगले, सबैलाई लाभ पुग्ने गरी होस् र स्थानीय तहको कामहरुको नागरिकलाई जानकारी होस् भन्ने विषयवस्तु नै सुशासन हो भन्दै यस्ता कामका लागि आफू तयार रहेको बताए । 

गाउँपालिकालाई सुशासनमैत्री बनाउनु विकासको आधार रहेको स्वीकार गर्दै उनले यसका लागि आफू प्रतिबद्ध भएको जानकारी गराएका थिए । 

कार्यक्रममा गाउँपालिकास्थित सबै (९ वटा) वडाका अध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु, कर्मचारी, स्वयंसेविका, रेडियो स्रोता समूह र स्थानीय सभाका प्रतिनिधिहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । 

उनीहरुले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सुशासन तथा सामाजिक जवाफदेहिताका औजारहरुको व्यवहारिक प्रयोग सम्बन्धी अन्तरसंवाद कार्यक्रममा पनि भाग लिएका थिए । डेभलपमेन्ट एक्स्चेन्ज सेन्टर (डेक) नेपालले आयोजना गरेको उक्त कार्यक्रमको मित्र समाजका पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत क्षमता विकास अधिकृत कर्णबहादुर नेपालीले सहजीकरण गरेका थिए । 

उनले सामाजिक जवाफदेहिताका २१ वटा औजारहरुमध्ये ६ वटाको मात्रै उपयोग गर्न सके पनि स्थानीय तह सुशासनमैत्री हुने भन्दै त्यसका लागि सहभागीहरुलाई आग्रह गरे । 

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा सञ्चालन भएको अन्तरसंवाद कार्यक्रममा डेक नेपालकी जिल्ला परियोजना संयोजक ज्योति बम्जन, स्थानीय सभाकी संयोजक मन्जिता केसी लगायत सहभागी थिए । कार्यक्रमबाट गाउँपालिकाको सुशासन प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिइएको आयोजकले जनाएको छ । 





सम्बन्धित तस्बिरहरु


सम्बन्धित शिर्षक समाचारहरु
5539373 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top