21 Jan 2019   |   
logo
स्थानीय समाचार

चाडपर्वमा महिला पत्रकारलाई थप कार्यबोझः विष्ट



स्थानीय समाचार   ईहेटौंडा अनलाइन   २०७५ असोज २५ बिहीवार  
हेटौंडाः नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश सदस्य नानीमैया विष्टले चाडपर्वका बेला महिला पत्रकारहरुलाई थप कामको बोझ हुने बताएकी छिन् ।

चाडपर्वमा महिला पत्रकारलाई थप कार्यबोझः विष्ट


क्रियाशील पत्रकार महिला, मकवानपुर शाखाले आज हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्तव्य दिँदै विष्टले यस्तो बताएकी हुन् । 


आफ्नो नियमित कामका अतिरिक्त घरायसी काम पनि सामान्य अवस्थाभन्दा बढी हुने भएकाले महिला पत्रकारहरु आफ्नो ड्युटी कसरी मिलाउने भन्ने तनावमा हुने गरेको आफूले पाएको उनको अनुभव थियो । “मिडिया क्षेत्रमा अन्यत्रजस्तो विदा नहुने र घरमा पनि उत्तिकै जिम्मेवारी हुने हुँदा महिलाहरुलाई चाडपर्वका बेला अरु समयभन्दा गाह्रो भएको देखिन्छ”, उनले भनिन् । 


एकातर्फ घर परिवारमा आफ्नो जिम्मेवारी, त अर्कोतर्फ आफूले काम गर्ने सञ्चार गृहमा आफ्नो जिम्मेवारी– यही कारण महिला पत्रकारहरुलाई समय मिलाउन र आफ्नो भूमिका राम्रोसँग निभाउन कठिन भएको महिला पत्रकारहरुको अनुभव छ ।  



कार्यक्रममा मन्तव्य दिँदै नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी (पोष्टराज)ले पत्रकारिता गर्न महिलाहरुलाई अझ कठिन भएको बताए । 


चुनौतीका बाबजुद महिला पत्रकारको प्रयास र क्रियाशीलता स्वागतयोग्य भन्दै उनले समस्यालाई पन्छाउँदै अवसरको उपयोग गर्न सुझाव दिए ।




क्रियाशील पत्रकार महिला, मकवानपुरका अध्यक्ष रेश्मी कार्कीको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ, ३ नम्बर प्रदेश सदस्य नानीमैया विष्टको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ, मकवानपुरका उपाध्यक्ष कुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।  




सम्बन्धित तस्बिरहरु


सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1549     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1405     हेटौंडा अनलाईन संवाददाता
5995041 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top