+९७७-९८५५०१८११८
logo
स्थानीय समाचार

पाच वर्षमा नमूना काम देखिने : अध्यक्ष मोक्तान



स्थानीय समाचार   224 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ आषाढ २७ बुधवार   
कैलाश,२५ असार । मकवानपुरको पश्चिमि कैलाश गाउँपालिका ३ कालिकाटारमा सार्वजनिक सुनवाई तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पाच वर्षमा नमूना काम देखिने : अध्यक्ष मोक्तान


राक्सिराङ गाउँपालिकाको आयोजना भएको उक्त कार्यक्रममा साविक भार्ता, कालिकाटार र नामटारका सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो। 

कार्यक्रमका सहभागिहरुले गाउँपालिकाले गरेको विकास निर्माण, गाउँका समस्या र गाउँपालिकासँगको अपेक्षाबारे कुरा उठाएका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले पाँच वर्षभित्र कैलाशलाई नमुना गाउँपालिका बनाउनेगरी काम भइरहेको बताए । ‘हामी दृढ इच्छाशक्तिका साथ अघि बढिरहेका छौं’,उनले भने,‘सिमिति स्रोत साधन र कर्मचारी अभावले काम गर्न समस्या भएको छ ।’

स्थानीय निकायहरुमा जनप्रतिनिधि अहिले पनि पाहुना जस्तै भइरहेको बताउँदै उनले जनप्रतिनिधि र कर्मचारीको काम गर्ने शैली नमिल्दा पनि केन्द्रदेखि स्थानीय तहसम्म समस्या भएको बताए । गाउँपालिकामा एउटा काम लिएर आउँदा पुन सोही कामको लागि गाउँपालिका आउनुनपर्ने बातावरण बनाइने मोक्तानको भनाई छ । 

गाउँपालिकाका कार्यकारी अधिकृत देवेन्द्र सापकोटाले चालु आर्थिक वर्षमा गाउँपालिकामा ४ सय ११ वटा योजनामध्ये ३ सय ११ वटा सम्पन्न भएको जानकारी दिए  । शिक्षकको तलव ब्यवस्थापन गर्न गाउँपालिकालाई सबैभन्दा समस्याको विषय बनेको उनले बताए । 

कार्यक्रममा स्थानीयहरु  डबलजंग तितुङ, पासाङ लामा, राम एकवाल यादव, जित बहादुर थोकर, राजदुत लामा लगायतले गाउँपालिकाले गर्नुपर्ने काम र सुधार गर्नुपर्ने विषयका बारेमा बोलेका थिए । कार्यक्रममा  कैलाश ३ नम्बर वडा अध्यक्ष देवलाल तामाङ,४ नम्बर वडा अध्यक्ष किरण मोक्तान, ७ नम्बर वडा अध्यक्ष उदास भ्लोन, ८ नम्बर वडा अध्यक्ष सुर्य बहादुर थिङ लगायतको आतिथ्यता रहेको थियो । 

गाउँपालिकाका अध्यक्ष टंक मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रमको ंसंयोजन एस.एम.एस. मिडिया प्रा.लि.ले गरेको थियो ।  








सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    32     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    31     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    76     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    187     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top