24 Mar 2019   |   
logo
स्थानीय समाचार

कैलाशमा सामाजिक परीक्षण सहितको सार्वजनिक सुनुवाई सम्पन्न ।



स्थानीय समाचार   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ ३१ बिहीवार  
हेटौंडा,३१ जेठः मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर ६ स्थित गोगनेमा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कैलाशमा सामाजिक परीक्षण सहितको सार्वजनिक सुनुवाई सम्पन्न ।


गाउँपालिका अध्यक्ष टंक मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय निकायको निर्वाचिन पछि गएको १ बर्षमा निर्वाचित प्रतिनिधिले गरेका कार्यहरुको समीक्षा सहित जनगुनासोलाई प्राथमिकतामा राख्नका लागि सो कार्यक्रम गरिएको हो । एसएमएस मिडिया प्रा.लि.को संयोजनमा भएको सो कार्यक्रममा गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का वडा अध्यक्षहरुले आफ्ना वडाहरुमा भएको कामको बारेमा सम्बन्धित वडाबासीहरुको प्रश्न तथा जिज्ञासाको उत्तर दिएका थिए । सार्वजनिक कार्यक्रममा गाउँपालिकाका कार्यकारी अधिकृत देवेन्द्र सापकोटाले समग्र गाउँपालिकाको बजेट, आम्दानी र खर्च विवरणलाई सार्वजनिक गर्दै सो विषयमा आएका प्रश्नहरुको उत्तर दिएका थिए । 

कार्यक्रमलाई संयोजन गरेको एसएमएस मिडियाका अध्यक्ष कृष्ण सारु मगरले गाउँपालिका वडा नम्बर १, २, ५ र ६ का स्थानीय नागरिकले आफूहरुलाई स्थानीय वडाहरुले दिएको सेवा प्रवाहका बारेमा तयार गरिएको सर्वेक्षणको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । सर्वेक्षण अनुसार वडाहरुमा कर्मचारीको अभाव, शीर्षक अनुसार छुट्याईएको बजेट अपुग रहेको, कर्मचारीले दुख दिएका सहित गुनासो आएको प्रस्तुत सर्वेक्षणमा उल्लेख रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मोक्तानले आएका गुनासोलाई क्रमागत रुपमै समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका थिए भने जनप्रतिनिधि र स्थानीय वडाबासीहरुको प्रत्यक्ष सवाल जवाफ रहेको बहसमूलक सो सार्वजनिक कार्यक्रमलाई पत्रकार देवराज पन्तले सञ्चालन गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अमरकान्त झा, बसन्त सिटौला, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो । बाँकी वडाहरुमा आगामी आषाढको दाश्रो साता सार्वजनिक कार्यक्रम गरिने गाउँपालिकाले जनाएको छ ।  








सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2118     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1890     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252692 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top