+९७७-९८५५०१८११८
logo
राष्ट्रिय समाचार

संयुक्त कारबाही अघि बढाउने तयारीमा गृह र उर्जा मन्त्रालय



राष्ट्रिय समाचार   58 पटक पढिएको   ईहेटौंडा अनलाइन     
काठमाडौं,३० जेष्ठ : बिजुली चोरीलाई नियन्त्रण गर्न गृह र उर्जा मन्त्रालयले संयुक्त कारबाही चलाउने भएको छ ।

संयुक्त कारबाही अघि बढाउने तयारीमा गृह र उर्जा मन्त्रालय


बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जा मन्त्री वर्षमान पुनबीच भएको छलफलपछि दुुवै मन्त्रालयले संयुक्त रुपमा बिजुरी चोरी नियन्त्रण अभियान थाल्ने निर्णय भएको हो ।

गृह स्रोतका अनुसार विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउनका लागि संयुक्त अभियान थाल्ने दुई मन्त्रीबीच सहमति भएको छ । त्यसका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच समन्वय गरी संयुक्त कार्ययोजना तयार गरी अप्रेशन चलाउने निर्णय भएको छ ।

विद्युत् निर्माण आयोजना स्थलमा सुरक्षाको प्रत्याभूत गर्न थप सुरक्षा आवश्यक भएमा गृहमार्फत सक्रियतापूर्वक कार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

त्यस्तै, सडक निर्माणका सन्दर्भमा विद्युत्का पोलहरु समस्याको रुपमा देखा परेको भन्दै अन्तर निकायगत समन्वय गरी अत्यावश्यक क्षेत्रमा तत्काल विजुलीको पोलहरु सार्ने निर्णय भएको बताइएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    32     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    31     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    76     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    187     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top