18 Feb 2019   |   
logo
हेटौंडा अनलाईन टिभी

विश्वकपको उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दै : गोल्डेन बुटको दाबेदार को हुन् पुरा भिडियो हेर्नुहोस ।




विश्वकपको उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दै : गोल्डेन बुटको दाबेदार को हुन् पुरा भिडियो हेर्नुहोस ।

३१ आषाढ हेटौंडा । रुसमा जारी २१औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि दुई युरोपेली टोली फ्रान्स र क्रोएसिया आइतबार एकअर्कासँग भिड्दै छन् । एक महिनाको प्रतिस्पर्धापछि फ्रान्स र क्रोएसिया मात्रै उपाधि होडमा बाँकी छन् ।

विश्वकपको उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दै : गोल्डेन बुटको दाबेदार को हुन्  पुरा भिडियो हेर्नुहोस ।

आइतबार साँझ हुने खेलपछि यी दुईमध्ये एकले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि उचाल्नेछ । त्यससँगै विश्वकप फुटबलमा नयाँ इतिहास बन्ने वा पुरानै इतिहास दोहोरिने पनि टुंगो लाग्नेछ । फ्रान्सले उपाधि जितेको अवस्थामा सन् १९९८ को इतिहास दोहोर्‍याउनेछ । त्यस बेला फ्रान्सले पहिलोपटक विश्वकप जितेको थियो । क्रोएसिया विजयी बनेको अवस्थामा विश्वकपमा नयाँ विजेता टोली जन्मिनेछ । त्यससँगै विश्वकप जित्ने टोलीको संख्या पनि नौ पुग्नेछ ।

यद्यपि उपाधिको छिनोफानो लाग्नुअघि यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । फ्रान्स र क्रोएसिया दुवै टोली प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै सशक्त प्रतिस्पर्धा गर्दै उपाधि नजिक पुगेका टोली हुन् । क्रोएसिया प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जित हात पार्दै फाइनलसम्म पुगेको टोली हो । यस्तै फ्रान्सले पनि जारी प्रतियोगितामा आफूलाई अपराजित राखेको छ ।

यद्यपि दुवै टोलीले एकअर्काले दिने चुनौती पन्छाउँदै उपाधि जित्ने योजना बनाएका छन् । विशेष गरी दुई वर्षअघि आफैंले आयोजना गरेको युरोकपको फाइनलमा पुगेर पनि उपाधिबाट चुकेको फ्रान्स विश्वकपको उपाधि गुमाउन चाहँदैन । यस्तै पहिलोपटक फाइनलमा पुगेको क्रोएसिया पनि उपाधि जित्ने यो सुनौलो अवसरलाई यत्तिकै खेर जान दिने पक्षमा छैन । 



सम्बन्धित शिर्षक भिडियोहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104525 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top